संखुवासभा समाज कतारले मनायो ‘नवौं स्थापना दिवस’

news-details

संखुवासभा समाज कतारले आफ्नो नवौं स्थापना दिवस भव्यरुपमा मनाएको छ ।

समाजले कतारको ओक्रा बिचको समुन्द्री तटमा बनभोज कार्यक्रम, विविध साँस्कृतिक तथा साहित्यक कार्यक्रमसहित स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा स्थानीय कलाकारहरूले आफ्नो कलामार्फत संखुवासभाको संस्कृति र पहिचानलाई प्रस्तुत गरेका थिए ।

संखुवासभा समाज कतारका अध्यक्ष राजेन्द्र खनालले संस्था स्थापनाको उद्देश्य र यसले समाजमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए । उनले संस्थाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष पदम कुमार घिमिरेले समाजले गरेका सामाजिक कार्यहरुको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिन सुझाव दिएका थिए ।

संस्थाका महासचिव पदम सिम्खडाले सहजीकरण गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष बिरेन मादेन लिम्बुले स्वागत मन्तव्यसहित संखुवासभाको छोटो चिनारि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थापना दिवस सफल बनाउन सहयोग गर्ने सहयोगिहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियोे ।

त्यसैगरि समाजले हाल कतारमा रहेका संस्थाका सस्थापकहरु पर्शुराम दाहाल, चुडामणि कार्की, तेज मुक्तान तामाङ, अर्जुन कार्की, ज्ञानु राई तथा मानार्थ सदस्य सागर नेपाललाई सम्मान पत्र, मायाको चिनो तथा दोसल्ला ओडाएर सम्मान गरेको थियो ।

यस्तै हाल कतारमा नरहेका संस्थापकहरु स् सल्लाहकार संयोजक नरेश श्रेष्ठ, सल्लाहकार दान बहादुर पराजुली, अध्यक्ष लोक बहादुर राई, उपाध्यक्ष खगेन्द्र कार्की, महासचिव दोर्न कार्की , संस्थापक सदस्यहरु सजन श्रेष्ठ, पदम तामाङ मनोज कार्की , शिव दाहाल , बिकास कार्की , युवराज कालाखेती, क्षत्र बहादुर, राई इन्दा राईलाई पनि विशेष सम्झना गरिएको थियो ।

‘संखुवासभालिको पहिचान बिश्व सामु चिनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सन स् २०१६ मा स्थापना भएको समाजको कार्यक्रममा संखुवासभाका स्थानीयबासीहरूको बाक्लो उपस्थिति रहेको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया