कार्यकाल सफल रहेको वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान कार्यसमितिको दावी
संक्षिप्त उपलब्धी तथा व्यवसायी र कामदारका लागि आगामी योजना प्रस्तुत
- चैत्र २६, २०८१
- 0

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान नेतृत्वले आफ्नो कार्यकाल सफल भएको दावि गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले आज एक पत्रकार सम्मेलनमार्फत आफु नेतृत्वको कार्यसमिति सफल रहेको जानकारी दिएका हुन ।
वर्तमान कार्यसमितिले गरेका उपलब्धीहरु र आगामी योजनाहरुबारे जानकारी दिन संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भण्डारीले विभिन्न आरोह–अवरोह खेप्नुपरे पनि आफु नेतृत्वको कार्यसमितिले धेरै काम गर्न सफल रहेको र केही कामहरु प्रयास गर्दागर्दै पनि अधुरा रहेकाले अव आउने नेतृत्वले त्यसलाई पुरा गर्ने अपेक्षा लिएको बताए ।
संघका महासचिव मेघनाथ भुर्तेलले संघको वर्तमान कार्यसमितिले आफ्नै प्रशासनिक भवन खरिद गर्नेदेखि लिएर नीतिगत सुधार तथा यस व्यवसायलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन धेरै कामहरु भएको बताए । उनले संघमा आवद्ध व्यवसायीहरुको संख्या पनि झण्डै १ हजारको हाराहारीमा पु¥याउन सफल भएको पनि बताए ।
यस्तै संघका प्रथम उपाध्यक्ष डिक बहादुर खत्री (कुमार)ले संघले नागरिक समाज, सरकार, गैरसरकारी संस्थसँगको सम्वन्ध सुमधुर बनाउदै अन्तर्राष्ट्रिय फोरममा समेत आफ्नो उपस्थिती जनाउन र यस व्यवसायको क्षेत्रबारे राम्ररी बुझाउन सकेको बताए । उनले वर्तमान कार्यसमितिले विभागको मेलमिलाप कक्षमा ३४ सय भन्दा बढी समस्या समाधान गर्न सफल भएको पनि बताए ।
संघले पत्रकार सम्मेलनमार्फत आफु स्थाापित भएको ३२ वर्षपछि आफ्नै प्रशासनिक भवन खरिद गर्न सक्नु बर्तमान कार्यसमितिको प्रमुख उपलब्धी भएको जनाएको छ । वर्तमान कार्यसमितिले गरेका संक्षिप्त उपलब्धीहरु बारे जानकारी दिदै संघले व्यवसायीहरुका लागि आगामी योजना तथा कामदारहरुका लागि गरिनुपर्ने पहलका बारे पनि आफ्नो धारणा प्रस्तुत गरेको थियो ।
संघको २०७९ माघ ६ गते सम्पन्न संघको २९ औं साधारणसभाबाट निर्वाचित भण्डारी नेतृत्वको कार्यसमितिले २६ महिनापछि नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गर्दैछ । यही चैत्र २९ गते हुने संघको ३० औ साधारणसभा तथा निर्वाचनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।
पत्रकार सम्मेलनमा जारी संघको प्रेस नोट
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
प्रेस नोट
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २०७९ माघ ६ गते सम्पन्न संघको २९ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिले २६ महिनापछि नेतृत्व हस्तान्तरण गर्दै छौं । संघको एक कार्यकाल पुरा गर्दा धेरै प्रतिवद्धता पुरा गर्न सकियो भने केही पुरा हुने चरणमा छन् केही अव आउने कार्यसमितिले पुरा गर्नु पर्ने हुन्छ ।
संघले आफ्नो कार्यकालमा धेरै आरोह–अवरोह नखेपेको होइन तथापी हामी विचलित नभइकन आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेनौ । जसका कारण संघले आफु स्थाापित भएको ३२ वर्षपछि आफ्नै प्रशासनिक भवन पायो । संघमा आवद्ध करिव एक हजार व्यवसायीहरुको छाता संस्थाको आफ्नै भवन खरिद गर्न सक्नु बर्तमान कार्यसमितिको प्रमुख उपलब्धी हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री शरतसिंह भण्डारीले संघ भवनको भर्खरै औपचारिक उद्द्धाटन गरिसक्नु भएको छ ।
संघको वर्तमान कार्यसमितिमा देखिएको एकता र परिणाममूखी काम गर्ने शैलीकै कारण संघको अगुवाईमा एकपछि अर्को उपलब्धीहरु हाँसिल भएका हुन । संघका सबै पदाधिकारीले आ–आफ्नो जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्दा नै संघ कार्यसमिति सफल भएको हाम्रो बुझाई छ । यसबीचमा हामीले व्यवसायिक हकहित, व्यवसायिका समस्या समाधान, नीतिगत सुधारका प्रयत्न, सामाजिक उत्तरदायित्वलगायतका थुप्रै काम गर्न सफल रहयौ ।
वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित, व्यवसायिक र पारदर्शी बनाउदै यसलाई गर्व गर्न लायक व्यवसाय बनाउन हामीले भरपुर प्रयास ग¥यौ । तथापी हामीले कार्यकाल सम्हाल्दै गर्दा उठाएका केही एजेण्डाहरु प्रयास गर्दागर्दै पनि टुंगोमा पु¥याउन सकेका छैनौ । यसलाई अब आउने नयाँ नेतृत्वले पुरा गर्नेछ भन्ने हाम्रो विश्वास छ ।
संघको ३१ औं बार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम २०८१ फागुन २ गते निर्धारण गरिएकोमा प्राविधिक कारणवश अन्तिम समयमा आएर स्थगित गर्न बाध्य भएका थियौ । स्थगित साधारणसभा २०८२ असार १७ गते गर्ने निर्णय गरिएकोमा छिटो भन्दा छिटो साधारणसभा सम्पन्न गर्ने र नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने हाम्रो हुटहुटीका कारण साधारणसभा तथा निर्वाचनको कार्यक्रम २०८१ चैत्र २९ गते गर्ने गरी हामीले निर्धारित कार्यक्रमलाई अगाडि सारेका छौ ।
वर्तमान कार्यसमितिले गरेका संक्षिप्त उपलब्धीहरु
– आफ्नै प्रशासनिक भवन खरिद ।
-गुनासो सुनुवाईको सम्यन्त्र अन्तरगत वैदेशिक रोेजगार विभाग श्रमग्राम परिसरमा उजुरी, गुनासा सुन्न र समाधान गर्न दुई कोठे मेलमिलाप कक्ष निर्माण
-व्यवसायी तथा कामदारको ३४ सय उजुरी/गुनासाहरु व्यवसायी र कामदार सँगै राखेर समाधान गर्न सफल ।
-सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको सहकार्य तथा संवादलाई सुमधुर बनाउने कार्य
– क्षेत्रगत सुधार, नीतिगत सुधार र सामाजिक उत्तरदायित्वका कामलाई प्रमुख प्राथमिकता दिएर काम गर्न सफल ।
-सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा क्षमता अभिवृद्धि कार्यक्रम गर्न सफल ।
-यूएईमा रोजगार मेला आयोजना गर्नुका साथै साउदी, कतार, यूएई, मलेसियालगायतका मुलुकमा स्थलगत भ्रमण तथा अन्र्तक्रिया कार्यक्रम गर्न सफल ।
-विदेशमा रहेका नेपाली कुटनैतिक निकायमा नयाँ नियुक्त भएका राजदूत, श्रम सहचारी तथा श्रम काउन्सिलरसँग भेटघाट तथा अन्र्तक्रिया ।
-अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाएर व्यवसायीको आवाज उठाउन सफल ।
-सय संख्याको बाध्यात्मक प्रावधानलाई २ पटक सम्म बाधाअड्काउ फुकाउने काम गराउन सफल र यो व्यवस्थालाई ऐनबाट हटाउने काम अन्तिम चरणमा पु¥याउन सफल ।
-वैदेशिक रोजगार व्यवसायमा लगाउन खोजिएका सिण्डिकेटका प्रयासलाई विफल बनाउन सफल साथै हालसालै मात्र मलेसिया रोजगारमा गएका कामदारलाई ४५ डलर रोजगारदाता मार्फत लाद्न खोजेकोमा यसको विरुद्ध आन्दोलन गरेर यसलाई हटाउन सफल ।
-वैदेशिक रोजगार ऐन अनुसार व्यवसायीले राखेको धरौटीबाट २५ प्रतिशत व्याज वैदेशिक रोजगार कोष सञ्चालनका लागि ल्याउन सफल ।
-यूरोपको मागपत्र प्रमाणिकरण खुलाउन, साउदी आइडी खुलाउन, कोरिया–जापान तथा इजरायल रोजगारीमा व्यवसायीहरुको पहुँच पु¥याउन, नयाँ र आकर्षक रोजगार गन्तव्य विकास गर्न साथै वैदेशिक रोजगार ऐन–२०६४ संशोधनमा उल्लेख्य सफलता ।
-व्यवसायीको मृत्यु तथा विरामी भएमा उनीहरुको परिवारलाई आर्थिक सहयोग गर्ने व्यवस्था सुरु ।
-विभिन्न परिवन्धमा परेर साउदी अरवको जेलमा परेका व्यवसायी विरेन्द्र साह तेलीको रिहाईका लागि पैरबी ।
-सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई समस्या पर्दा सहयोग तथा स्वदेशमै प्राकृतिक विपत्तीमा परेकाहरुलाई सहयोग ।
-विदेशबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेकाहरु उद्यमीलाई सम्मान गरेर विदेशमा सिकेको सीप, क्षमता र आर्जित पूजि स्वदेशमा लगाउन प्रोत्साहित गर्ने कार्यको थालनी ।
-संघमा सदस्यता आवद्धता बढाएर झण्डै एक हजार सदस्य बनाउन सफल ।
-व्यवसायी माथि हुने आक्रमणमा सुरक्षाको प्रत्याभूत गराउन, व्यवसायीहरुलाई एकवद्ध बनाउन र सबै व्यवसायीलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउन सफल ।
यो कार्यसमितिले व्यवसायी माझ प्रतिवद्धता जनाएका केही मुद्धा टुंगोमा पु¥याउन निरन्तर प्रयत्न गरे पनि अधुरो रहेकोमा अव आउने नेतृत्वले त्यसलाई पुरा गर्नुपर्नेछ । नयाँ नेतृत्वले सेवाशुल्क निर्धारण, मागपत्र प्रमाणिकरण, आकर्षक गन्तब्यमा व्यवसायीको पहुँच बढाउँदै सम्मानित र व्यवस्थित वैदेशिक रोजगार बनाउनु पर्नेछ ।
अन्तमा हाम्रो कार्यकाललाई उपलब्धीमूलक र सफल बनाउन सहयोग पु¥याउनुहुने नेपाल सरकार, सरोकारित मन्त्रालय तथा विभाग, आम व्यवसायी, विभिन्न सरोकारित संघ संस्था, संचारकर्मीलगायत सम्पूर्णमा हार्दिक आभार ज्ञापन गर्दछौ ।
व्यवसायीहरुका लागि आगामी योजना
१. समय सापेक्ष ऐन नियम परिमार्जनमा पहल गर्नु पर्ने ।
२. सेवा शुल्क व्यवस्थापन र कामदारको लागत निर्धारण ।
३. बिभिन्न नयाँ गन्तव्य मुलुकहरु संंग श्रम सम्झौताका लागि पहल गर्नु पर्ने ।
४. मागपत्र प्रमाणीकरण सहजिकरण गर्नु पर्ने ।
५. काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ९ तिनकुने स्थित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नाममा रहेको जाग्गामा संघको नेतृत्व गर्नु भएका पुर्वज जो मृत्युवरण गर्नु भएको छ उहाँहरुको सम्झनामा स्मारक स्थापना गने तयारी रहेको छ ।
६. वैदेशिक रोजगार व्यवसायी संघको भवनको क्षेत्र बिस्तार ।
७. वैदेशिक रोजगारमा गएर शिप सहित फर्किएका श्रमीकहरुलाई अन्तरीक रोजगारीमा व्यस्थापन गर्ने इजाजत पनि वैदेशिक रोजगार व्यवसायीलाई दिन सरकार संग पहल गर्नु पर्ने ।
कामदारका लागि आगामी योजनाहरु
१. रोजगारदाता मुलुक संग हुने श्रम सम्झौतामा कामदारको २४ घण्टे बिमाको व्यवस्थापनमा पहल ।
२ं न्यूनतम ज्यालाको सुनिश्चितताका लागि पहल ।
३. सेण्डीङ कन्ट्रीका व्यवसायीक संगठनहरु संग साझा धारणा बनाई अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गरि कामदारको लागत न्यूूनिकरण गर्ने ।
४. बिभिन्न निकायसंग समन्वय गरि कामदारका लागि सिप बिकाशका कार्यक्रमहरु ल्याउन पहल गर्नु पर्ने ।
५. वैदेशिक रोजगारमा जानु पुर्व कामदारलाई ःभलतब िज्भबतिज तालिम प्रदानका लागि पहल गर्ने ।
६. वैदेशिक रोजगारमा जानु पुर्व कामदारलाई बित्तिय साक्षरता सम्वन्धि ज्ञान प्रदान गर्नु पर्ने ।
७. सामाजिक सुरक्षा कोषमा आवद्धताको जागरण अभियान गर्नु पर्ने ।
धन्यवाद ।
राजेन्द्र भण्डारी
अध्यक्ष
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
सिफल, काठमाण्डौ