गुलाम अली काठमाडौंमा, शनिबार ललितपुरमा गुञ्जिने
- चैत्र १, २०८१
- 0

प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बीहिबार बेलुका काठमाडौं आइपुगेका छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि उनी नेपाल आएका हुन् ।
नेपाल आइपुगेका अलीले नेपाल मेरो दिलको नजिक रहेको बताए । उनले नेपाल संसारकै सुन्दर देश समेत भएको जिकीर गरे । उनले भने, ‘नेपाल मेरो दिलको नजिक छ । नेपाललाई म धेरै माया सम्मान समेत गर्छु । नेपाल संसारकै सुन्दर देश लाग्छ मलाई । मेरो गीतसंगित मन पराउनु हुन्छ यसमा दर्शक र भगवानको कृपा छ ।’
११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंगम र पञ्चकन्याले स्वागत गरेका थिए ।
अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीको प्रस्तुति दिने कार्यक्रम छ ।
0 प्रतिक्रिया
रास्वपा र राप्रपाको अवरोधकैबीच अघि बढ्यो संसद्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ । रास्वपा र राप्रपाका […]
संसद् अवरोध हटाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच २ बुँदे सहमति, रास्वपा र राप्रपाको असहमति

सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ । शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला […]
नेपालमा केयर वर्क : व्यवसायिककी पारिवारिक कर्तव्य !

महिलाहरु घरको सबै काम गर्दछन्, विहान उठ्दादेखि राति नसुतुञ्जेल उनीहरुको काम हुन्छ । उनीहरुले नै गरेको कामबाट घर चलिरहेको हुन्छ […]
‘प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्नुपर्छ’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले […]
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानोपामा […]