प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफनको भेट
- फाल्गुन १९, २०८१
- 0

प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुुइजी बुफनबीच आज भेट भएको छ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन् ।
भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफनका परिवारका सदस्यलगायत सहभागी थिए ।
यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप आज साँझ दशरथ रंगशालामा समापन हुँदैछ ।
0 प्रतिक्रिया
मच्छिन्द्र क्लबले तेस्रो पटक जित्यो केपी ओली कप फुटबलको उपाधि

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० […]
सामाजिक संजालमा मेयर बालेनको ६ बुँदे ब्रिफिङ : ‘सुशासनका लागि जोसँग जुध्नु परे पनि तयार छु’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सुशासनका लागि जोसँग जुध्नु परे पनि तयार रहेको र यसका लागि कसैसँग सम्झौता नगर्ने बताएका […]
फागुन २६ र २७ गते ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन’ हुने

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ गर्ने भएको छ […]
हृदयघात भएपछि पूर्वयुवराज पारस शाह नर्भिकमा भर्ना, अवस्था सुधारोन्मुख

पूर्वयुवराज पारस शाहलाई हृदयाघात भएपछि नर्भिक अस्पताल भर्ना भएका छन्। निवासमै आइतबार साँझ हृदयाघातको लक्षण देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा […]
‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको […]