नेपालले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहाना छ : बुफोन
- फाल्गुन १८, २०८१
- 0

विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोनले नेपाले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहाना रहेको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेस्टको रुपमा सहभागी हुन आइतबार नेपाल आएका उनले नेपाले पनि विश्वकप खेलेको हेर्न चाहेको भन्दै त्यसका लागि धेरै राम्रो मेहनत र लगानी आवश्यक रहेको बताए ।
उनले भने,‘ म नेपालले पनि विश्वकप खेलेको हेर्न चाहन्छु । त्यसका लागि धेरै राम्रो मेहनत र लगानी गर्नुपर्छ स्टुडियममा र त्यहाँसम्म पुग्नको लागि ठूलो सपना देख्नुपर्छ । ’
यस्तै उनले नेपालको झण्डा देख्दा अनौठो र अलग लागेको भन्दै यसले नेपालको संस्कृति र भव्य हिमालहरुलाई प्रतिनिधित्व गरेको बताए । नेपाल आएर आफ्नो सपना साकार भएको बताए ।
उनले भने,‘म युवा हुँदा नक्सा हेरेको थिए । नेपालको झण्डा देख्दा अनौठो लाग्यो । युनिक फ्ल्याग छ। यसले नेपालको संस्कृति र भव्य हिमालहरुलाई प्रतिनिधित्व गरेको छ । मेरो लागि यहाँ आउनु ड्रिम कम ट्रयू हो । मलाई नेपाल पछि फेरी आएर यहाँको संस्कृति र मन्दिरहरु हेर्न मन छ । समय मिलाए फेरी आउने छु ।’
त्यस्तै उनले केपी ओली कप कस्ले जित्छ भनेर आफू निकै उत्साहित रहेको पनि बताए ।
केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालामा हुनेछ । फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनल खेल मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी एफसीको बीचमा हुनेछ ।