अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल म्यानमारसँग खेल्दै

news-details

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ ।

नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । अन्तिम खेल अघि नै नेपाल फाइनल प्रवेश गरिसकेको छ ।

नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई १/१ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

म्यानमार भने नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ ।

ती चारै खेलमा नेपालले जित निकाल्न सकेको छैन । तीन खेलमा पराजित भएको नेपालले एक खेलमा बराबरी खेलेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *