महिला टी-२०आई शृंखला : नेपालको लगातार दोस्रो हार
- माघ १९, २०८१
- 0

काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित अर्धशतकीय पारी खेलिन् । नेदरल्याण्सविरूद्ध पनि अर्धशतक बनाएकी उनले यस खेलमा ६० रन बनाइन् । त्यस्तै सुवानन खियोतोले १४ तथा कप्तान नारुमोल चाइवाइले १३ रन बनाइन् ।
नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् । कविता कुँवर, कविता जोशी र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डसामू १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो ।
नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएकी थिइन् । फनिता मया र नताया बूचाथामले २-२ विकेट लिए । चनिदा सुथिराङले १ विकेट लिइन् ।
नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । शृंखलामा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् ।
0 प्रतिक्रिया
संघीय महत्वका आयोजनहरुमा केन्द्रित हुन अर्थमन्त्री पौडेलको आग्रह

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरु मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरु प्रस्तुत गर्दा विशेष ध्यान […]
गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्न पाउने

मारवाडी सेवा समितिले पशुपतिस्थित गौशाला धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुलेको छ । उच्च अदालत पाटनले गत असोजमा पशुपति गौशाला […]
सामन्ती प्रेतहरुले टाउको उठाउन खोजे समाप्त हुन्छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्ती प्रेतहरुले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएकाछन् । […]
गुरागाईँलाई हाजिर हुन नदिने मेयर बालेनको अडान कायमै, निमित्तलाई काम गर्न दिन माग

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निलम्बित प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिने अडान कायमै राखेका छन् । निलम्बित प्रमुख प्रशासकीय […]
कुलमानले शुन्य अंक पाएकोबारे मन्त्री खड्काको प्रष्टोक्ति : ‘जाँचमा भाग नलिएकाले फेल भएका हुन्’

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा शुन्य अंक पाएकोबारे प्रष्टिकरण दिएका छन् […]