कतारमा अत्याधिक गर्मी बढेपछि  दिउँसो काम गर्न बन्देज

news-details

नेपालमा मात्र होइन अन्य देशमा पनि गर्मी अत्याधिक बढेको छ । अझ खाडी मुलुुकमा गर्मी नबढ्ने कुरै भएन । कतार सरकारले गर्मी बढेपछि दिउँसो बाहिर काम गर्न बन्देज लगाएको छ ।

कतारको नियम कार्यान्वयन मन्त्रालयले जुन १५ शनिबारदेखि अगष्ट ३१ गतेसम्म दिउँसो ११ : ३० देखि अपरान्ह ३ बजेसम्म त्यहाँका कम्पनीहरुलाई आफ्ना कामदारलाई खुल्ला क्षेत्रमा काम नलगाउन पत्राचार गरेको छ ।  अहिले कतारमा ३५ देखि ४७ डिग्रीसम्म गर्मी रहेको छ ।

यो नियम खुल्ला कार्यक्षेत्र वा सीधा घाममा काम गर्नु पर्ने कामदारका लागि मात्र लागू हुने जनाइएको छ । खुल्ला क्षेत्रमा काम लगाउने कम्पनीहरुले यस्तो सूचना कामदार र निरीक्षणमा आउने पदाधिकारीहरुले देख्ने ठाउँमा टाँस्नका लागि समेत निर्देशन दिएको छ ।

मन्त्रालयले जुनसुकै बेला निरीक्षण गर्ने भएकाले सबै कम्पनीले आफ्ना कामदारलाई दिउँसोको साँढे ३ घण्टा काम लगाउन पाउने छैनन् । यदि दिउसो काम लगाएको पाइएमा कतार सरकारले एक महिनासम्म कम्पनी बन्द गर्न सक्नेछ । यद्यपी दिउँसोको समय कटाएर धेरै कम्पनीहरुले रातिको समयमा काम लगाउने गर्दछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *