काठमाडौंमा ‘एनआरएन ग्लोबल कन्क्लेभ-२०२४’ सुरु, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

news-details

गैरआवासीय नेपाली दिवसको अवसरमा आयोजना गरिएको ‘ग्लोबल कन्क्लेभ–२०२४’ तथा एनआरएनएको वार्षिक साधारणसभा आजबाट काठमाडौमा सुरु भएको छ ।

काठमाडौको सोल्टी होटलमा आयोजित एक विशेष समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एनआरएनएको ग्लोबल कन्क्लेभ तथा वार्षिक साधारणसभाको उदघाटन गरेका हुन । उक्त अवसरमा गृहमन्त्री रमेश लेखक, पर्यटन मन्त्री बद्री पाण्डे, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो तथा विश्वभरबाट काठमाडौ आएका गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो ।

उदघाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताए । उनले एनआरएनए विवादप्रति लक्षित गर्दै भने ‘सबै एनआरएनए पनि एक जुट हुनुपरयो, देशका लागि काम गर्नु परयो र संगठनलाई एकतावद्ध गर्नु परयो । राजनैतिक आस्थाका आफ्नै संस्था होलान तर साझा संस्थामा राजनीति नगरौ, सरकारले एनआरएनएमाथि कुनै पनि हस्तक्षेप गर्दैन सकेको सहयोग गर्छौ ।’

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली नागरिकतामा अधिकार थपका लागि छलफल गर्न सकिने बताउदै गैरआवासीय नेपालीहरुको समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि सुरु भएको ‘ग्लोबल कन्क्लेभ–२०२४’मा सातवटा प्लेनरी सत्र रहने एनआरएनए महासचिव गौरीराज जोशीले जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक ९पिएनआ०, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ ।

दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहनेछन् ।

आपसमा रहेको मतभिन्नता र मतभेदलाई संवादले नै चिरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै महासचिव जोशीले गैरआवासीय नेपाली दिवसको कार्यक्रममा एकताकै लागि छलफल गर्न तथा आआफ्नो विचार राखी योगदान गर्न सम्पूर्ण गैरआवासीय नेपाली अभियन्तामा अनुरोध गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *