एनआरएनएले आइतवारदेखि बाढी-पहिरो पिडितलाई राहत वितरण गर्ने

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आइतवारदेखि बाढी-पहिरो पिडितलाई राहत वितरण गर्ने भएको छ ।

गत हप्ताको भीषण वर्षा पश्चात आएको ठूलो बाढीपहिरोले नेपालमा व्यापक मानवीय र धनजनको क्षति पुगे पछि गैरआवासीय नेपाली संघले भोलि ६ अक्टोबर (आइतवार)बाट राहत वितरण गर्ने भएको संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सीनाले जानकारी दिए ।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा काठमाडौ उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रमा खटिने निर्णय गरेको हो ।

बैठकमा मकवानपुरका सविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी समेतको उपस्थिति रहेको थियो ।

एनआरएनएले अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा काठमाडौको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्र सरोबर गाउँपालिकबाट पहिलो चरणमा राहत वितरण सुरु गर्ने भएको छ ।

यसअघि गैरआवासीय नेपाली संघले १ करोड बराबरको राहत वितरण गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *