पर्यटनदूत राजा घलेको पहलमा चेपाङ बालबालिकाहरूलाई पोशाक र शैक्षिक सामग्री वितरण
- जेष्ठ १७, २०७६
- 0

काठमाडौँ घर भई हाल अमेरिकाको एटलान्टा जोर्जिया निवासी पर्यटनदूत तथा सामाजिक अभियान्ता राजा घलेको विशेष पहलमा धादिङका चेपाङ बालबालिकाहरूलाई बिद्यालय पोशाक साथै लेखन सामग्री (स्टेशनरी) वितरण गरिएको छ ।
हिमालयन बैङ्कको आर्थिक तथा प्राविधिक सहयोग एवं महिला बालबालिका तथा युवा सचेतना समाज नेपालको सक्रियतामा आर्थिक अवस्था अत्यन्त कमजोर एवं लोपोन्मुख समुदायका १२३ जना चेपाङ बालबालिकाहरूको लागि बिद्यालय पोशाक,पुस्तक झोला तथा लेखन सामग्री वितरण गरिएको हो ।
अमेरिकामा रहेर पनि नेपालको संवेदनशील विषयमा चिन्तन मनन् गर्नुका साथै गरिब तथा लोपोन्मुख समुदायका बिधार्थीहरुलाई सहयोग गर्नेहरूमा राजा घले, बासु फुलारा, डा. रामचन्द्र बराल, डा. प्रल्हाद पन्त, दिलीप बानिया, सूर्य लम्साल, राम पराजुली, मोहन तिमिल्सिना, सिके पराजुली र राजु थापा रहेका छन् ।
0 प्रतिक्रिया
दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार राति बा१६च ७६५१ नम्बरको जिप दुर्घटना […]
‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’

रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ । सरकारले पैसा दिँदा ठेकेदारले काम […]
मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका छन् […]
कार्यकर्ताले नेताहरुलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.कोइराला

नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकर्ताहरुले नेताहरुलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौं सम्पर्क […]
शेखर समूहको भेला विराटनगरमा : ‘रिभाईप कांग्रेस’ को आवश्यकतामा जोड

नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ […]