एनआरएनए मलेसियालाई अव नयाँ गतिमा अगाडि बढाउँछु : अध्यक्ष महतो

news-details

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) मलेसियाका नवनियुक्त अध्यक्ष राकेश प्रसाद महतोले पदवहाली गरे लगत्तै एनआरएनए गतिविधिलाई नयाँ गतिमा लैजाने बताएका छन् ।

पूर्वसहमति अनुसार एनआरएनए, मलेसियाका अध्यक्ष विनोद कुमार थापाले राजिनामा दिएपछि कार्यसमिति बैठकको बहुमतले महतोलाई अध्यक्षमा शनिवार चयन गरे पश्चात उनले आफ्ना पुराना प्रतिवद्धता कार्यान्यन गर्ने बताएका हुन् ।

एनआरएनए एसिया प्यासिफिक संयोजक हरि भट्टराईले तत्कालिन प्रमुख निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेले सहमतिपत्र बुझाएपछि महतोलाई अध्यक्ष पदमा बहाली गराएका थिए ।

यसअघि गत जुलाई २०२३ मा सम्पन्न संघको अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका महतोले सर्वसम्मत नेतृत्व चयन गर्ने क्रममा सन् २०२३–२५ कार्यकालको लागि अघिल्लो १ वर्ष थापा र पछिल्लो १ वर्ष आफु अध्यक्ष हुने आन्तरिक सहमती गरेका थिए । सोही सहमति अनुसार थापाले राजिनामा दिएपछि महतो बाकी कार्यकाल झण्डै १० महिनाका लागि अध्यक्ष बनेका हुन् ।

एनआरएनए मलेसियाका केही गलत स्वार्थ बोकेका झुण्डहरुले महत्तोलाई अध्यक्ष बन्न नदिनका लागि अवरोध जनाउँदै आएका थिए ।  पुर्व सहमति अनुसार उनलाई अध्यक्ष बन्नबाट रोक्नेहरुको योजनालाई चिर्दै महत्तो अध्यक्ष बन्दा धेरैको टाउको दुखेको छ ।

विगतको सहमति बारे महत्तो भन्छन् –‘हामीबीच १–१ वर्षका लागि नेतृत्व गर्ने सहमति थियो, एनआरएनएको लेटरहेडमा लेखेर ४ जना मानिसहरुकाबीचमा उक्त सहमती भएको हो । अधिवेशनमा अरु पोष्टहरु निर्विरोध भयो । तर महासचिव र अध्यक्षको पदमा दाबी रह्यो । अन्तमा अध्यक्ष पदमा १–१ वर्ष मिलेर अगाडि बढ्ने र एकजना महासचिव र एकजना सहकोषाध्यक्षमा बसेर सघाउने भनेर हाम्रो सहमतिपत्र तयार भयो ।’

महतोले एक बर्ष अध्यक्ष थापालाई सहयोग गर्दै प्रथम उपाध्यक्ष पदमा रहेर सहयोग गरे । उनले आफु पूर्वसहमति अनुसार बहुमतबाट अध्यक्ष बनेको र असन्तुष्ट सबै साथीहरुसँग छलफल गरेर सहमतिमै काम गर्ने बताएका छन् । उनी भन्छन् –‘अव जम्मा १० महिना कार्यकाल बाँकी छ, धेरै काम गरेर एनआरएनए मलेसियालाई नयाँ गतिमा दौडाउनुछ, हामी अव सबै एक भएर काम गर्नुपर्छ ।’ उनले असन्तुष्ट साथीहरुलाई एउटै टेवलमा बस्न र मिलेर काम गर्नका लागि आह्वानसमेत गरेका छन् ।

अध्यक्षको पद ग्रहण गर्दै महतोले एनआरएनए मलेसियाको कार्यालयलाई व्यवस्थित र मजबुद बनाउने जनाएका छन् । उनले यसअघि नै प्रतिवद्धता जनाए अनुसार मासिक २ हजार रिंगेट एनआरएनए कार्यालयमा व्यक्तिगतरुपमा जम्मा गर्ने र एक जना कर्मचारी नियुुक्ती गरेर मासिक १५ सय रिंगेट प्रदान गर्ने जनाएका छन् ।

‘टिकट नपाएर जेल बसेका नेपालीहरुलाई टिकट काटेर हामी घर पठाउँछौ । श्रमिकको हकहितमा काम गर्ने छौ । कम्पनीहरुमा आउने इष्युहरुलाई दूतावाससम्म पु¥याउनेछौ, श्रमिक मैत्री भएर काम गर्छौं ।’

उनले नेपाली दुतावास र संघ–सँस्थासँग निरन्तर सहकार्य गरेर मलेसियामा रहेका नेपाली कामदारको हक हितको लागि काम गर्ने र एनआरएनए मलेसियालाई श्रमिक मैत्री बनाउने जनाएका छन् ।

अध्यक्ष महत्तो भन्छन्–‘टिकट नपाएर जेल बसेका नेपालीहरुलाई टिकट काटेर हामी घर पठाउँछौ । श्रमिकको हकहितमा काम गर्ने छौ । कम्पनीहरुमा आउने इष्युहरुलाई दूतावाससम्म पु¥याउनेछौ, श्रमिक मैत्री भएर काम गर्छौं ।’

‘एनआरएनए मलेसिया फुटवल कप’ आयोजना गरेर विभिन्न देशमा रहेका एनआरएनहरुलाई मलेसियामा बोलाएर खेल खेलाउने योजना रहेको अध्यक्ष महतोको भनाई छ । साथै एनआरएनए मलेसियाको कोषलाई अझ बलियो बनाउनका लागि विभिन्न कार्यक्रम गर्ने उनको योजना छ ।

महतो मलेसियामा विगत २४ बर्ष अगाडि वैदेशिक रोजगारीको सिलसिलामा श्रमिककै रुपमा प्रवेश गरेका थिए । एनआरएनए अभियानमा रहेर सामाजिक काम गर्दै आएका महत्तोसँग यस अगाडि एनआरएनए मलेसियाको विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । एक बर्ष महत्तोले वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

महतोले आफू १४ बर्षसम्म कम्पनीमा साधारण श्रमिकको रुपमा काम गरेपछि भने व्यापार ब्यवसायमा सक्रिय रहेको बताए । मलेसियामा किराना पसल, रेष्टुरेन्ट, होस्टेल म्यानेजमेन्ट, मिनिमार्ट लगायत संचालन गर्दै आएका महतोको नेपालमा पनि आरके ब्रदर्श प्राइभेट लिमिटेड कम्पनी, आरके सप्लायर्स लगायत ब्यवसाय छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *