चाडवाड नजिकिदै गर्दा नेपाल एयरलाइन्स ‘ग्राउण्डेड’ले बढ्यो सास्ती : आरके शर्मा

news-details

नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी र एउटा न्यारोबडी ‘ग्राउन्डेड’ हुँदा वैदेशिक रोजगारीमा रहेका श्रमिकदेखि विश्वभरमा रहेका नेपालीहरू चाडवाडमा मातृभूमि फर्कनका लागि समस्या आइपरेको एनआरएनए अभियन्ता राजेन्द्रकमार (आरके) शर्माकोे भनाई छ ।

कतारमा कर्मथलो बनाएका शर्माले श्रमिकहरु चाडवाडमा स्वदेश फर्कनका लागि टिकट बुकिङ गर्ने र उडान भर्नु पर्ने बेलामा जहाज ग्राउण्डेड हुँदा समस्या परेको हुँदा तत्काल जहाज बनाएर उडान सुचारु गर्नका लागि निगमलाई अनुरोध गरेका छन् ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि चारवटा विमान रहेकामा वाइडबडी ‘अन्नपूर्ण’ विस्तृत मर्मत (सी–चेक) का लागि दुई महिनादेखि इटालीमा र अर्को वाइडबडी ‘मकालु’ पनि ‘सी–चेक’ मा पठाउनुपर्ने भएकाले बुधबार रातिदेखि नियमित उडानमा छैन । न्यारोबडी ‘सगरमाथा’ ले ‘हाइड्रोलिक’ प्रणालीमा समस्या भएर शनिबार रातिदेखि नै उडान भर्न सकेको छैन ।

तीन वटा विमान ‘ग्राउन्डेड’ भएपछि करोडौको नोक्सानी व्यहोरिरहेको छ । जगेडा जहाज नहुँदा कतिपय उडान रद्द गर्नुपर्ने अवस्था आएको छ ।

शर्माले श्रमिक गन्तव्य देशमा पासपोर्ट नविकरणका लागि महिनौको कुर्नु पर्ने त्यसैगरी पोर्चुगल, माल्टा. इराक चेक लगायत देशमा पर्याप्त घुम्ती शिविर नपुग्दा नेपालीले सास्ती खेप्नुकोले समाधान गर्न सरोकारवालालाई अनुरोध गरेका छन् ।

एनआरएनए अभियानमा लागेका शर्माले पछिल्लो समय देखिएको विवादलाई चिर्दै संघ सबैको साझा हुनुपर्छ विदेशमा बस्ने सबै नेपालीको अखण्ड एनआरएनए हुनुपर्छ भनेर निरन्तर लागिरहेको बताएका छन् । शर्मा भन्छन्–‘ उतारचढाव र कहिलेकाहीँ सक्रियतामा केही कमी आएजस्तो देखिए पनि एनआरएनएलाई एकता र अखण्ड नबनाएसम्म हामीले विश्राम लिने छैनौँ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *