बेलाको ब्राण्ड बेलायतको ‘अन्तर्राष्ट्रिय अटुमन फेयर २०१९’ मा राखिदै

जनकपुरका बेलाका दाजुभाई अन्तर्राष्ट्रिय बजारमा चम्कदै
news-details

कतार र बेलायतमा नेपाली युवाले स्थापित गरेको प्रख्यात ब्राण्ड ‘बेलाको’ अव बेलायतमा हुने अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिने भएको छ । बेलायतमा आयोजना हुन लागेको ‘अन्तर्राष्ट्रिय अटुमन फेयर–२०१९’ मा बेलाको ब्राण्डले विशेष सहभागिता जनाउने भएको हो ।

जनकपुरका पौरखी तीन दाजुभाईहरु अब्दुल वासिद, अब्दुल हाफिज र अब्दुल कादिरले आफ्नो जन्म गाँउ जनपुरको ‘बेला’ को नाममा अन्तराष्ट्रिय ब्राण्ड बनाएर देश विदेशमा प्रसिद्धि कमाएका छन् ।

आगामी सेप्टेम्बर १ देखि सेप्टेम्बर ४ सम्म हुने यो फेयरलाई अन्तर्राष्ट्रिय जगतमा निकै महत्वका साथ हेरिन्छ । उक्त फेयरमा बेलाको ब्राण्डसहित धेरै मल्टिनेशनल ब्राण्डहरुले आफ्ना विभिन्न उत्पादनहरु प्रदर्शन गर्दैछन् ।

उक्त प्रदर्शनीमा बेलाको ब्राण्डले सोफा, विद्युतीय लाइट, ल्याम्प, एसी, कुलर फ्यान, हिटर, मिक्स्चरलगायत आफ्ना उत्पादनहरु प्रदर्शन गर्नेछ । ‘युकेमा बस्नुहुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई हाम्रो प्रदर्शनीमा उपस्थिति जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु’ यूकेको बजारसमेत हेरिरहेका हाफिजले बताए । सो प्रदर्शनीमा होलसेलमा समान बुक गर्दा खुद्रा भन्दा २० देखि ३० प्रतिशतसम्म छुट सेवा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

बेलाको ब्राण्डले विभिन्न घरायसी सामग्रीहरु, विद्युतीय सामग्रीहरु, सोफाहरुलगायत अन्य विभिन्न बस्तुहरुको उत्पादन र विक्रि वितरण गर्दै आएको छ । केही समयअघि कतारमा भएको प्रोजेक्ट कतार एक्जिविसनमा पनि बेलाको ब्रान्डका उत्पादनहरु अन्तर्राष्ट्रिय अवलोकनकर्ताको रोजाइमा परेको थियो ।

बेलाको ब्राण्डका सामाग्री कतारमा ‘अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनी’ मार्फत उत्पादन तथा वितरण हुँदै आएको छ भने युकेबाट ‘बेलाको युके लिमिटेड’ मार्फत उत्पादन तथा वितरण हुदै आईरहेको छ । अहिले जनकपुरको गाउँको नामको ब्रान्ड कतार र बेलायत जस्ता देशमा पाइन्छ र अब भविष्यमा अन्य देशहरु र स्वदेश नेपालमासमेत पाइने अब्दुल वासिद बताउँछन् ।

विश्वका अन्य सफल कम्पनीका मालिकहरु समान हैसियत बनाउन सफल भइसकेका वासिद दाजुभाई व्यवसायसँगै सामाजिक संघसंस्थाहरुमा पनि सक्रिय छन । वासिद हाल एनआरएन आइसीसीको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक समेत हुन् ।

अघिल्लो वर्ष बेलायतमा भएको प्रदर्शनीमा बेलाको ब्राण्डको अवलोकन गर्दै बेलायती मेयर साजिद खानले बेलायतमा नेपाली व्यावसायीले लगानी गरी गुणस्तरीय बस्तुहरुको उत्पादन गरेकोमा आफू अत्यन्तै खुशी भएको समेत बताएका थिए । साथै, बेलायती मेयरले नेपाली व्यावसायीलाई शुभकामना दिँदै आवश्यक सहयोग गर्ने वचनसमेत दिएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *