हिम्मतवाली रिता भन्छिन –‘एक पटक लडेको मानिस पटक–पटक कहाँ लड्छ र ?’

news-details

देशमा गणतन्त्र घोषणा भएको १८ वर्ष र संविधान जारी भएको पनि ८ वर्ष व्यतीत भईसक्यो तैपनि जनताले आशातीत परिवर्तनको अनुभूति गर्न नपाएको प्रष्टै छ । यहाँ किसानले उत्पादन गरेका वस्तुको बजार भाउ छैन । तरकारी, फलफूल न दूघ मिटरब्याज र सहकारीका कारण कति नागरिक पीडित छन् । त्यस्तै, उखु किसान र दुग्ध उत्पादक किसानले भोगेका हुर्मत नियाल्नु न्यायका खातिर पीडितहरु कसरी आन्दोलनमा उत्रिनु परेकोछ । ऐना जस्तै देखिएको कुरा हो ।

नयाँ पुस्ता देशमा अडिन नमान्नु अर्को विडम्बना ! यसको प्रत्यक्ष र टड्कालो प्रभावबारे बयान गरी साध्य छैन । क्रमशः बाहिरिँदो लहरको क्रमले दुगुना दिन चौगुना रात घर खाली हुँदै गएका छन् । गाउँ त रित्तो हुँदै थियो, थियो अब शहर पनि बिस्तारै रित्तो हुँदै जाने दिन देखिसक्यो । यहाँ लाखौँ कमाउन सकिने कृषि उद्यमभन्दा धेरैलाई मासिक तलब आउने जागिर नै प्यारो लाग्छ ।

अस्थिर सरकार भत्ता पचाउन, कुर्सी जोगाउन, आसेपासे र चाकडी–चाप्लुसी झुन्डहरुको व्यवस्थापनमै व्यस्त छ, देखिन्छ । देश र जनता सीमा–नाका चारैतिरबाट समस्याको भूमरीमा परुन्, रोग भोक शोकमा डुबुन् बाल मतलब छैन । राज्य कोषको पैसा जनताको कर हो तर तिनै जनता अप्ठ्यारोमा परेका बेला मन खोलेर दुःखेसो पोख्ने ठाउँ भएन ।

देश भन्नु नागरिक हुन् । अनि, सरकार भन्नु नागरिकको अभिभावक । आमाले जसरी आफ्ना सन्तानको ख्याल राख्छिन्, त्यस्तै मुलुकमा समृद्घि भित्राउन सरकारले आफ्ना नागरिकलाई रोजगारीको अवसर सृजना गर्नु प¥यो । गरिब र वेरोजगारको पहिचान गरी उनीहरुलाई सिपमूलक तालिम प्रदान गरेर हुन्छ कि अरु कुनै माध्यमबाट सुलभ पुँजी उपलब्ध गराएर लघु उद्यम व्यवस्थापनमा समेत संलग्न गराउनु अभिभावकको कर्तव्य झैँ सरकारको दायित्व हो ।

मोरङ जिल्लाको विराटनगर झरेँ र विराट हेल्थ अफ नर्सिङ कलेज विराटनगरमा भर्ना भएर तीन वर्षे डिप्लोमा फार्मेसी पढेँ । पढाइ सिध्याएर लाइसेन्स लिन काठमाडौं आएर परीक्षा दिएँ । हातमा लाइसेन्स नभई फार्मेसी खोल्न पाइदैन । पहिलो परीक्षा बिग्रिए तीन महिनाको अन्तरमा पुनः दिन पाइन्छ तर मैले एकै पटकमा लाइसेन्स प्राप्त गरेँ ।

भनिन्छ, आत्मनिर्भर नै अर्थतन्त्रको मूल आधार हो । अनि, स्वावलम्बी जीवन समृद्घिको बाटो । यहाँ न त्यहाँ दक्षता कमाउन त्यति सजिलो छैन । अहोरात्र खटेर केही गर्नु पहिल्यै काम पाइदैन भनेर हातमा दही जमाउनेहरु यही देशमा कति छन् कति । म जे गर्छु, राम्रो गर्छु । जसरी खट्छु, यही माटोमा पसिना चुहाउछु र आफ्नो साथै समाजका लागि समेत एक उदारणीय पात्र बन्छु भन्ने धारकी रिता खड्कालाई सुनौँ– “मेरो जन्म धनकुटा जिल्लाको पाख्रिबासमा भएको हो । स्थानीय जालपादेवी माध्यमिक विद्यालयबाट २०६४ सालमा मैले एसएलसी उत्तीर्ण गरेँ । कलेज पढ्न सहज थिएन । त्यहाँबाट धनकुटा सदरमुकाम अलि टाढा हुनाले घर छोडेर हिँड्न सोच्नै पथ्र्यो । सबै कुरा विचार गर्दा अठार महिने अनमी नै ठीक छ, हुन्छ भनेर सदरमुकाम धनकुटामा डेरा बसेर पढ्न सुरु गरेँ । त्यो पढाइ सकेर तीन वर्ष मैले धनकुटा हस्पिटलमा काम गरेँ ।

मेरो गन्तव्य फार्मेसीमा काम गरेँ, करिब एक वर्ष । त्यही बीचमा जापानीज भाषा पढेँ । जम्मा एक महिना बिदा लिएर गरेको अध्ययनले के हुन्छ, हुन्थ्यो र ? आफूले सोचेअनुसार रिजल्ट आएन भनौँ, स्टुडेन्ट भिसामा जापान जान अप्लाइ गर्ने बाटो नै खुलेन । पुनः लागिपरेको भए पार लगाउथेँ, पक्का हो तर बुवाले यही केही गर । त्यो जापानसापान जाने काम छैन भनेर अघि बढ्नै दिनुभएन ।

कामकै सिलसिला म भोजपुर कुलुङ पनि पुगेँ । पहाडी त्यो जनजीवनमा रहेर छ महिना खटेपछि पुनः पढाइलाई नै निरन्तरता दिन मोरङ जिल्लाको विराटनगर झरेँ र विराट हेल्थ अफ नर्सिङ कलेज विराटनगरमा भर्ना भएर तीन वर्षे डिप्लोमा फार्मेसी पढेँ । पढाइ सिध्याएर लाइसेन्स लिन काठमाडौं आएर परीक्षा दिएँ । हातमा लाइसेन्स नभई फार्मेसी खोल्न पाइदैन । पहिलो परीक्षा बिग्रिए तीन महिनाको अन्तरमा पुनः दिन पाइन्छ तर मैले एकै पटकमा लाइसेन्स प्राप्त गरेँ ।

अब मेरो गन्तव्य फार्मेसीमा काम गरेँ, करिब एक वर्ष । त्यही बीचमा जापानीज भाषा पढेँ । जम्मा एक महिना बिदा लिएर गरेको अध्ययनले के हुन्छ, हुन्थ्यो र ? आफूले सोचेअनुसार रिजल्ट आएन भनौँ, स्टुडेन्ट भिसामा जापान जान अप्लाइ गर्ने बाटो नै खुलेन । पुनः लागिपरेको भए पार लगाउथेँ, पक्का हो तर बुवाले यही केही गर । त्यो जापानसापान जाने काम छैन भनेर अघि बढ्नै दिनुभएन । बरु बिहे गर्न कर गर्न थाल्नु भयो ।

मेरो बाल्यकाल उथलपुथल वातावरणमा बितेको हुनाले तत्काल म घरजम गर्ने पक्षमा थिइनँ । पढेकी छु, म आफैँ पनि काम गरेर खान सक्छु भन्ने हिम्मत भित्रैदेखि पलाएको हुनाले बुवाको कुरामा मञ्जुर भइनँ । खास गरेर बुवाममीकै सम्बन्ध उहाँहरु नै एकै छानामुनी अट्नुभएन । झन्डै आधा दर्जन छोराछोरीलाई जन्म दिएकी मेरी आमा एकदिन घर छोडेर हिँड्नुभयो । त्यस अघि घरमा रातोदिन झगडा पथ्र्यो । कुटाकुट हुन्थ्यो । ममी गएपछि बुवाको पालो कान्छी आमा भित्राउनु भयो । घरको त्यस्तो परिस्थितिमा कसरी हुर्कियो ? पढाइ लेखाइ कसरी गरियो ?

लथालिङ घरको भताभुङ चाला मेरी दिदीले चाँडै बिहे गरिन् । उनको दाम्पत्य जीवन सुखद भएन । त्यो देखेर पनि मैले स्वावलम्बी नभई बिहे गर्नुहुन्न रहेछ भन्ने पाठ सिकेँ । हुन त त्यस ठाउँका प्रायः युवा युवतीले टिन एजमै बिहे गर्थे । लाहुरे पाए अभिभावकले नै छोरी भागेर जाओस् भन्थे । मेरै हकमा पढेका जागिरेबाट कुरा नआएको होइन तर जब बुवा ममीकै सम्बन्ध राम्रो भएन, मेरो भविष्य सुखद हुन्छ भनेर कसरी विश्वास गर्नु ? तनावग्रस्त पारिवारिक स्थितिलाई ढाकछोप गर्ने कुरा पनि भएन ।

मनोवैज्ञानिक रुपमा बिछिप्त मैले एउटा अठोट गरेकी थिएँ, जब म कमाउने हुन्छु, जहाँ पुगेर भए पनि मेरी ममीलाई भेट्छु । बुवासँग बस्न नसक्नु भए पनि आखिर जन्माएको त उहाँले नै हो नि । आमाको गुन तिरेर कहाँ सकिन्छ ? सकिँदैन । माइली दिदी र भाइले राम्रो पढुन् भन्ने लाग्थ्यो तर सोचेजस्तो समय कहाँ आयो, आएन । बुवाको किराना व्यापार अहिले पनि गरिरहनु भएको छ । भाइले पढ्न छोडेर कपडा पसल गथ्र्यो । मैले जागिर खाएर कमाएको पैसाले मोबाइल किनेँ, नौ हजार हालेर । आफ्नो कमाइलाई खर्चिन कत्रो रहर ! हामीलाई टुहुरा पारेको दश वर्ष पछि ममीलाई भेटेँ र दाँत लगाई दिएँ । त्यो पनि आफ्नै कमाईबाट ।

इन्टरनेट सेवा सुरु भई सकेको थियो । साथीहरुले झैँ मैले पनि फेसबुक खोलेँ । साथी बन्ने बनाउने क्रम जारी भयो । सुजन पौडेल फोटो सहित नाम देखेँ । उहाँलाई मैले नै फ्रेन्ड रिक्वेस्ट पठाएँ । त्यो एसेप्ट भएपछि म्यासेन्जरबाट बोलचाल सुरुभो । पछि, हामीले फोन नम्बर पनि आदानप्रदान ग¥यौँ । भाइको पसललाई सामान लिन म काठमाडौं आउनु पर्ने भयो ।
जापान उड्न नजुरेदेखि नै मलाई बुवाले बिहे गर्न प्रेसर गरिरहनु भएको थियो । राजधानी आउनु दोलखाका सुजनसँग प्रत्यक्ष भेटेर कुराकानी पश्चात् निर्णय बिन्दुमा पुग्न पाख्रीबास नै डाकेँ । मेरो चाहना अनुसार सुजन उता पुग्नु भइसकेपछि बुवाले सामान्य हिसाबबाट टीका लगाइदिनु भयो । नयाँ जीवनको सुरुवात काठमाडौंलाई कर्मथलो बनाउने निधो भयो ।” यति ठूलो सहरमा दैनिकी गुजार्न कति चुनौती पार गर्नुपर्छ ? सोच्दै मात्र सगरमाथा आरोहण जस्तो लाग्ने काम रिताले कसरी पाइला टेकिन् ?

पढेर केही गर्छु, गर्नुपर्छ भन्ने अठोटले नै फार्मेसीको लाइसेन्स दिलायो तैपनि सटर खोजेर सुरु गरिहाल्न अलि आँट आएन । धक केही असहज यस्तै यस्तै कारण रिताले एक वर्ष मेडिकलमा काम गरिन् ।

यहाँको सडक, बाटो, मोड र गल्ली दिनमा कैयौँ पटक हिँड्दा पनि उही र उस्तै लाग्ने स्थान । घनाबस्तीका यी अग्लाअग्ला घरहरु । सागरको पानीझैँ मानिसको हुल बथानमा कुन शिराबाट जिन्दगी श्रीगणेश गर्ने । नयाँ सृष्टि चानचुने विषय होइन । तथापि रिताको सुरुदेखिको भनाइ आफूलाई बुझ्ने साथ होस् । उनको त्यो चाहना मिजासिला स्वभावका सुजनसँगको विवाह पछि समयसँगै सबै कुरा मिल्दै गयो ।

पढेर केही गर्छु, गर्नुपर्छ भन्ने अठोटले नै फार्मेसीको लाइसेन्स दिलायो तैपनि सटर खोजेर सुरु गरिहाल्न अलि आँट आएन । धक केही असहज यस्तै यस्तै कारण रिताले एक वर्ष मेडिकलमा काम गरिन् । आफूसँग भएको पैसा र सुन बेचेर जम्मा भएको नगदमा ऋण काढेर ट्याक्सी झिकेपछि पुनः उनकै शब्दमा– “दिदी, त्यो बेला सुजनले ट्याक्सी चलाउनु हुन्थ्यो, म मेडिकलमा काम गर्थेँ । मेरो बच्चा जन्मियो । छोराको आगमनसँगै कोरोनाकाल आयो । देशमा पटक पटक लक डाउन भयो । यसले किस्ता बुझाउन बाँधा प¥यो तर साहुले छोड्दैन । अब कसरी व्यवहार गर्नु ? के खानु कोठा भाडा पनि कसरी तिर्नु ? सुत्केरी ज्यान, बच्चा बिरामी भयो भने कहाँ लगेर उपचार गर्नु ? आदि इत्यादि सम्झेर बढो सकस भयो ।
त्यस बेला विष्णु दिदी लेबलानमा थिएन् । भगवान् नै पल्टेर उनैले सहयोग गरिन् । विश्व अर्थतन्त्रमा शिथिलता छाउदा हाम्रो देशलाई असर नपर्ने कुरै हँुदैन । बच्चा सानो भए पनि पहिला काम गरेकै ठाउँमा पुनः जोइन भएँ म । आफूहरु चल्नै मुस्किल भएको बेला कसरी किस्ता हाल्नु ? बरु ट्याक्सी नै बेचौँ भन्ने सल्लाह तुरुन्तै त्यो काम पार भयो । त्यतिखेर करिब सात लाख घाटा भयो ।

कतै सुनेकी थिएँ, एक पटक लडेको मानिस पटक पटक कहाँ लड्छ ? लड्दैन । यही मूल मन्त्रलाई हृदयगत गर्दै मैले सुजनकी सानीमा मेरी सानीमा सासुसँग केही नगद सापटी मागेँ । पैसा हातलाग्नु र फेसबुकका माध्मबाट कोटेश्वरमा फार्मेसी बिक्रीमा छ भन्ने सूचना देख्नू कस्तो संयोय ! लोकेसन पहिल्याउँदै हेर्न आएँ । यहाँ कुराकानी मात्रै भएन, दुई लाख ३० हजारमा फार्मेसी बुक नै गरेँ । आफ्नो नाउँमा ‘श्लोकजन फार्मेसी’ दर्ता गरेर दबाई किन्न खोई पैसा ? छैन । अतः पुनः लोन लियौँ ।”

दबाई किन्न फार्मेसी धाएका प्रायः रित्तो हात फर्कनु पर्दैन । ब्लड प्रेसर फरक नपर्ने गरी नाप्छिन् । यहाँ कुनै चिज सस्तो छैन । जेहोस्, गर्दै जाने । समयले जसरी चलाउछ, उसरी नै चल्ने । रिताको भावी योजना फार्मेसीमा डाक्टर बोलाएर सहुलियत दरमा बिरामीलाई सेवा पु¥याउने रहेछ ।

अर्थ र रोजगारको यस अङ्कमा रितालाई अटाउन उनीसँग भलाकुसारी गर्ने दिन म एकछिन त्यो समयमा पुगेँ । कार्यालयबाट घर फर्कदै गरेकी म फार्मेसीको आँगनमा पुग्नु स्वर खोलेर “हजुर, बिन्दु दिदी होइन ? म सानै थिएँ, कलेज पढ्न हजुरले घर छोड्दा । हजुरहरुकै तल्लोघर खड्काकी छोरी विष्णुकी कान्छी बहिनी रिता क्या” यति भनेर परिचय खुलाउदा “बाफरे बहिनी पो…! यहाँ कसरी आयौँ ?” म छक्क मात्रै परिनँ आश्चर्य चकित भएँ । हो, त्यही दिनदेखि रिताको कर्मलाई नजिकबाट नियाली रहेकी छु । कर्मशील उनले भनिनै सकिन्, बाल्यकालका कुरा । उनका बुवाममीको आचरणलाई सम्झँदा वास्तवमा ढुङ्गाको काँपबाट उम्रिएको पिपल हुन्, रिता ! छिमेकी घरको कोलाहलपूर्ण परिस्थिति मेरा आँखा र मगजबाट हटेकै छैन ।

“मैले/हामीले लोनैलोनबाट काम गरेको हो” भनेर रिताले बताई नै सकिन् । एक समय सुजन विदेश जानुभयो, दुबईमा चालकलाई राम्रो तलब भत्ता छ भन्ने सुनेर । मेनपावरका कुरा त्यहाँ पुगिसकेपछि भनाइ र गराइ नमिलेपछि सुजनलाई नेपालले नै तान्यो । विदेशीने बेला बेचेको ट्याक्सी फेरि लिनु प¥यो । रिताको भनाइ अनुसार दुवै जनाले आआफ्नो काममा खुब मिहिनेत गरेका छन् । सुजनले कमाएको पैसा रिताले नै व्यवस्थापन गर्छिन् ।

दबाई किन्न फार्मेसी धाएका प्रायः रित्तो हात फर्कनु पर्दैन । ब्लड प्रेसर फरक नपर्ने गरी नाप्छिन् । त्यो सटर र बस्ने कोठाको महिनामा चौबिस हजार भाडा तिर्नु पर्छ । ट्याक्सीको किस्ता हाल्नु प¥यो । उसो त सानै कक्षामा भए पनि स्कुल जान सुरु गरेको छोराको स्कुल फी, ड्रेस, टिफिनलगायत कति कुरा जरुरत पर्छ । यहाँ कुनै चिज सस्तो छैन । जेहोस्, गर्दै जाने । समयले जसरी चलाउछ, उसरी नै चल्ने । रिताको भावी योजना फार्मेसीमा डाक्टर बोलाएर सहुलियत दरमा बिरामीलाई सेवा पु¥याउने रहेछ ।

हो, यतिबेला बजार मन्दी छ तर सधैँ यस्तै भयो भने यो दुनिया कसरी चल्छ ? अतः बिस्तारै अर्थतन्त्र पुरानै लयमा फर्किनेमा उनी आशावादी छिन् । कमाउने जमाउने कुरा जति सकिन्छ, यही देशमा भिड्ने । आफू भलो त जगत् भलो ! बान्की परेको हसिलो अनुहार, मान्छेसँग व्यवहार गर्न पनि असाध्यै सिपालु रिताले घडेरी जोडेको कुरा सुटुक्क मेरो कानमा व्यक्त गरिन् । कर्मी मौरीझैँ स्वभाव उनी साह्रै, साह्रै नै फुर्ती छिन् । लाग्छ, यी हिम्मतवाली नारी सिर्फ धनकुटेली मात्र नभएर नेपालकै नमूना छोरी हुन् । उनलाई हाम्रो शुभेच्छा छ, सकारात्मक सोच र यो उर्जा यसरी नै अग्रगामी अग्रसर भएर अनन्त समयसम्म अघि बढोस् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *