खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा
- बैशाख ८, २०७६
- 0
खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा (आचार्य) चयन भएका छन । १९ अप्रिल २०१९ शुक्रबारका दिन दोहास्थित केरला कल्चर सेन्टरमा सम्पन्न दशौँ अधिवेशनबाट शर्मा अध्यक्षमा चयन भएका हुन ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा डिल्लीशेर खड्का, द्धितीय उपाध्यक्षमा दिनेश कार्की, महासचिवमा कैलाश श्रेष्ठ, सचिवमा परशुराम श्रेष्ठ, कोषाध्यक्षमा बलराम लोप्चन तामाङ र सहकोषाध्यक्षमा रविन शेर्पा चयन भएका छन ।
२१ सदस्यीय समितिको सदस्यमा बलराम आचार्य, महेश दाहाल, चुडामणि पुरी, गजेन्द्र राई, जीवन राई, राजकुमार राई, सन्तोष आले, विश्वराज खत्री, लोकेन्द्रबहादुर खड्का, गंगा पराजुली, यादव पुरी, मोहन कोईराला, रामकुमार मगर र महिला सदस्यमा गंगा गुरुङ चयन भए ।
साँस्कृति कार्यक्रमसहित आयोजना गरिएको अधिवेशन उद्घाटन कार्यक्रममा स्वागत गित तथा नृत्य नमस्ते खोटाङले कार्यक्रम नै रौनक बनेको थियो । यस्तै कार्यक्रममा प्रथम उपाध्यक्ष्य एकराज राइले स्वागत मन्त्यब्य सगै खोटाङको चिनारी पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए कतारका अध्यक्ष नगेन्द्र पोखरेल (नबिन) ले प्रवासबाट समाजले गृह जिल्लालाई गरेका कार्यको प्रशंसा गरेका थिए । समाजले गर्ने कार्यहरूप्रति आगामी दिनमा व्यक्तिगत र संस्थागत दुवैमा सहकार्य गर्न तयार रहेको पनि उनले बताए ।
कार्यक्रममा रोजगारीका सिलसिलामा कतार पुगेर स्थापना गरिएका विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले खोटाङ सेवा समाजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
खोटाङ सेवा समाज कतारले सस्थाका सस्थापक सदस्यहरु चानक पोख्रेल, भाइकाजी गुरुङ, अमृत कुमार राइ र धनकाजी गुरुङ लाइ दोसल्ला ओढाई सम्मान समेत गरेको थियो । त्यसैगरि सस्थाका विभिन्न कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न प्रस्तुति दिएकोमा उपस्थित सम्पूर्ण कलाकारहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।
खोटाङ सेवा समाजले कतारमा पुगेर विभिन्न समस्यमा परेका खोटाङ्गे तथा गैरखोटाङ्गेलाई सहयोग गर्नुका साथै गृह जिल्लाको विकासको लागि एम्बुलेन्स सेवा जस्ता विभिन्न बिकाश निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।
समाजका महासचिव कैलाश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रम निवर्तमान अध्यक्ष तिला बहादुर खत्रीको मा सभापतित्वमा सम्पन्न भएको थियो । अन्त्यमा नब निर्बाचित अध्यक्ष्य रुद्र शर्माले बिगतमा भएका अपुरा कामहरुलाई निरन्तरता दिदै आगामी दिनमा नया उल्लेखनिय सामाजिक काम गर्ने प्रतिबद्दता समेत गरेका थिए ।