राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रम सम्बन्धी सम्झौता

news-details

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी र दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र ईन्स्टिच्यूटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले हस्ताक्षर गर्नुृभएको थियो ।

यस सम्झोैतापत्र अनुसार नेशनल बैंकिङ ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई उक्त एपबारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माँझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि प्रेरित गर्नेछ ।

साथै बैंकले नेशनल बैंकिङ ईन्स्टिच्यूट एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा नेशनल बैंकिङ ईन्स्टिच्यूटले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन गरिदिनेछ ।

यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सञ्चालनबारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने बैंकको विश्वास रहेको बताइएको छ । वित्तीय साक्षरताको विविध सामाग्रीहरm सबै माझ लैजान उक्त एपको प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुनेछ भन्ने विश्वास गरिएको बैंकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *