साग बेचेरै परिवार धानिरहेकी होमकुमारी भन्छिन : ‘कमाउन सकेको दिन घर बनाउने धोको छ’

news-details

मान्छेले कुरा गरे जस्तो त्यति सजिलो कहाँ छ र विदेश ? छैन । घर भनेको स्वर्ग हो तर यहाँ यो शब्द अफाप सिद्घ भयो । जहाँ गए पनि जता पुगे पनि निरासा मात्र छ, सुनिन्छ । व्यापारी कहाँ पुग्यो भने व्यापार छैन भनेको सुनिन्छ । कुनै कलकारखानामा पुग्यो भने कामदार छैन भनेको आवाज कानमा गुञ्जिन्छ । त्यस्तै, किसानका घरमा पुग्दा गत वर्ष जत्तिको अनाज फलेन भनेको बुझिन्छ ।

गाउँघरतिर जाँदा प्रायः घरमा बुढाबुढी मात्र छन् । हजुरहरुका सन्तान नि ? भनेर प्रश्न ग¥यो भने “छोरा विदेश गएको छ, बुहारी बच्चा पढाउन शहरमा डेरा गरेर बस्छिन्” भन्ने जवाफ पाइन्छ । थाहा छैन, त्यो कुन देश हो ? कस्तो र कसको देश हो ? सम्पत्ति कमाउन गएको हो कि परिवार छरिन ? ऋण तिर्न गएको हो कि उल्टै सिरिखुरी भिखारी बन्न ? खहरे जसरी गाउँका एकपछि अर्को विदेशिने लहर हो कि स्वयंमा रहर जागृत भएर हो ?

हिजोआज गाउँका स्कुलमा “विद्यार्थी संख्या क्रमशः घट्दो दरमा छ” किटानसाथ भन्छन्, सम्बन्धित विद्यालय शिक्षकले । उसो त क्षमतावान कति अभिभावकले आफ्ना छोराछोरीलाई शहरमा लगेर अङ्ग्रेजी बोर्डिङ पढाउने परम्परा बसिसक्यो । अर्को, यहाँ कुनै न कुनै रुपमा पलायन नभएको घर छैन, गाउँ होस् चाहे शहर । अरु त अरु काठमाडौंमा घर हुनेका सन्तान समेत नअडिने भइसके । जस्तो भए पनि चिलगाडी चढ्न पाए भयो । साँच्चै, भन्ने हो भने कुचो समाउने ढङ्ग नहुनेलाई पनि विदेश जाने रहर छ । घरको भान्साकोठामा पसेर आगो जोरेर एक कप चिया पकाउन नजान्ने विद्यार्थी पनि बाहिरिएका छन्, उच्च शिक्षा पढ्न भनेर । यो सुन्दा र हेर्दा लाग्छ, विदेश भन्ने मुलुक हामी नेपालीको मामाघर हो ।

हाम्रा छोराछोरी कति सस्ता छन् ? यहाँसम्मकी युद्घग्रस्त भूमि रुस–युक्रेन युद्धमा रुसी सेनामा समेत कार्यरत छन् । हुन त पुर्खाको शान गोरखाली भनेर चिनिएको नाम पौरखमा बाँच्नु चानचुने लक्ष्य होइन । यस युद्धमा हालसम्म दश जना नेपाली युवकको मृत्यु भएको पुष्टि भैसकेको छ । जुन कुरा रुसी सेनाले जानकारी दिएको मस्को स्थित नेपाली दुतावासले जनाएको छ ।

यो भोगविलासको दुनियामा सुख सयल भनेको के हो ? मोजमजा भनेको के हो ? सोख वा विलासिता मध्ये एउटा मात्रै शब्द छान्नु प¥यो भने तपाईको रोजाइमा कुन पर्छ ? यो कुरा मेरो चेतनाले भन्दा पनि छनोट गर्ने मानिसको मुडमा भर पर्छ । यसको सत्य नै यही हो । अर्को सत्य कुमारी हुनुहुन्छ । जसलाई सोख वा विलासिता मध्ये कुनै कुराको वास्ता छैन तर भगवान्प्रति भने खुब आस्था र विस्वास छ । उहाँ दैनिक आराधना गर्नुहुन्छ, यस्तो आराधना कि मन्दिर नजिकै खुड्किलाको एकापट्टि छेउमा सुरक्षित छ, आसन । खुला आकाश मुनीको त्यही स्थानबाट आम ग्राहकलाई साग बिक्री गर्नुहुन्छ । भगवान्को लागि कर्म नै इश्वर हुन् ।

घर फर्कदा टाढै परे पनि मनले हुत्याएर कुमारीको छेउमा पु¥यायो अनि मेरो पालो त्यतैतिर गोडा नचालेर भयो ? चालेँ । सुरुमा मैले नै कुराको पोको खोलेँ, “दिदी, साग मुठाको कसरी हो ? हजुर फोनमा व्यस्त हो र ? फेसबुक चलाउनु हुन्छ ?” मलाई सुनेर विचलित नभई उनले भनिन्, “जानेको छैन । मन लाग्दा टिकटक हेर्थेँ तर यतिखेर नेट छैन । कोठामा पनि छैन । यो तार घुसारेपछि नेट नभए पनि रेडियो चाहिँ बज्छ, ग्राहक नआएको बेला झप्प झप्प उङनु भन्दा गीत सुन्न रमाइलो लाग्छ ।” आफ्नो भागमा जे छ, त्यसैमा रमाउन जान्ने । घाम जस्तै घमाइली !

जीवनमा ऋण लिने काम गरिनँ, गरिएन । आफूले खाएपछि तिर्न सकिएन भने के गर्नु ? यसकारण बरु एक छाक खाने तर अर्काको धन नचलाउने । छोराछोरीलाई सानामा बोर्डिङ पढाएको हो तर अलि ठुलो कक्षामा गएपछि आफैँ सरकारी स्कुलमा पढ्ने भनेर त्यतै धाए । कोटेश्वर महादेवस्थान स्थित सामुदायिक स्कुलमा पढे । दुवै जना नानीबाबुले बाह्र–बाह्र कक्षा पढेर छाडे ।

लाग्यो, यति कुरा गर्दा नै हामी साथी जस्तै भइसक्यौँ । यसकारण मैले मनले जितेर कुमारीलाई दोस्रो पटक केही थान प्रश्न गरेँ, “काठमाडौं बाहिर तपाईको घर कहाँ हो ? अनि, कुन जिल्लामा पर्छ माइती ? नागरिकता बनाउनु भएको छ कि छैन ?” अघि भर्खरै नाम भन्न अन्कनाएकी हुनाले सुरुमै नागरिकताबारे सोध्न मन लाग्यो, मलाई । उल्याहा साथीहरुले “तिमी बुढी भइसक्यौ तैपनि के को कुमारी” भन्छन् भनेर लजाए झैँ भइन् । नामलाई तोडमोड गरेको कुरा सुनेर मलाई पनि हाँसो लाग्यो । जसै मैले कुमारीलाई हेरेँ, आँखामा आँखा जुधेको देखेँ ।

“आमा मगर हुनाले नागरिकतामा नामको पछाडि मेरो थर मगर लेखिएको छ । अनि, नाम चाहिँ कुमारीको अगाडि होम थपिएको छ । मेरो घर र माइती नै सिन्धुली हो । माया पिरती बसेको ख्याल छैन तर खड्कासँग बिहे भयो । ठुलै थिएँ, दुलही हुँदा । त्यसपछि काठमाडौं आइयो । हाम्रा दुई जना छोराछोरी छन् । अहिले त उनीहरुको पनि बिहे भइसक्यो । छोरातिर नाती जन्मेको चार वर्ष भयो । छोरीको बिहे गरेको धेरै भएको छैन, पोहोर साल हो ।

जीवनमा ऋण लिने काम गरिनँ, गरिएन । आफूले खाएपछि तिर्न सकिएन भने के गर्नु ? यसकारण बरु एक छाक खाने तर अर्काको धन नचलाउने । छोराछोरीलाई सानामा बोर्डिङ पढाएको हो तर अलि ठुलो कक्षामा गएपछि आफैँ सरकारी स्कुलमा पढ्ने भनेर त्यतै धाए । कोटेश्वर महादेवस्थान स्थित सामुदायिक स्कुलमा पढे । दुवै जना नानीबाबुले बाह्र–बाह्र कक्षा पढेर छाडे । कस्मेटिक सामान डिलरबाट पसल–पसलमा पु¥याउने काम गर्छ, छोराले ।

श्रीमान् पनि व्यापार नै गर्नुहुन्छ । उही साग व्यापार । साग खरिद्न हामी बुढाबुढी सँगै जान्छौँ । फर्केर आइसकेपछि आ–आफ्नो गन्तव्य सुरु हुन्छ । कोठाबाट सरासर म यही ठाउँमा आउँछु र बसेर व्यापार गर्छु, यो जीवन यसरी नै चलेको थुप्रो वर्ष भयो । यो खुला ठाउँमा व्यापार गर्न अप्ठ्यारो र सजिलो दुवै छ । सडक बाटोलाई नओगटेको हुनाले नगरपालीकाले केही भनेको छैन तर नागरिक नै कसैकसैले चाहिँ यो मन्दिरको छेउमा फोहोर हुन्छ भन्छन् । फेरि, कसैले चाहिँ उनैले सफा गरिहाल्छिन् नि पनि भन्छन् ।

मान्छेका कुरा कतिले चाहिँ के भन्छन् थाहा छ ? मुठाको पन्ध्र रुपियाँमा ल्याएको साग तीस रुपियाँमा बेचेर डबल फाइदा गर्छिन् पनि भन्छन् । कति मान्छे यस्ता हुन्छन्, आधा पैसा दिएर एकैछिनमा अरु दिन्छु है भन्दै सागका मुठा बोकेर हिँड्छन् तर पुनः दोहो¥याएर यो बाटै हिँड्दैनन् । आफूलाई भने भगवान्प्रति विश्वास लाग्छ, यही छेउमा देउताको थान छ । खुड्किला माथि शिवजीको बास छ । त्यो भन्दा मुख्य कुरा आफ्नै हृदयमा देउता हुन्छन्, होइन भने स्वयंलाई कसले ढाट्न सक्छ ?

यहाँ परसम्म दैनिक म आफैँले कुचो लगाउँछु । यो मेरो दायित्व हो र कर्तव्य पनि । हामीले हाम्रो आँगन र बाटोघाटो सफा नगरेसम्म वातावरण उज्यालिँदैन । विशेष कामले केही दिनदेखि व्यापारलाई समय दिन सकिनँ । आज पनि भनेजस्तो साग खोई ? छैन । सधैँ मै कहाँ आउने ग्राहक यी यसरी फर्के ।” हुन पनि त्यहाँ कुमारीलाई एकछिन फुर्सद भएन, कतिलाई धनिया छैन भन्नू । सुप र मेथीको साग पनि थिएन । यही बेला मैले उनलाई एउटा अर्को प्रश्न गरेँ, “यसरी खुला ठाउँमा बसेर व्यापार गर्ने तपाईका लागि सरकारले के भूमिका खेलिदिए आफूलाई राम्रो हुन्थ्यो भन्ने लाग्छ ?”

कुमारीले कमाउन सकेको दिन घर बनाउने सोच पाल्नु भएको रहेछ । घर नबनाए पनि बस्न खाँचो छैन, जसले बनाएको भए पनि घर आखिर घरै हो उनको बुझाइमा असहमत जनाउने ठाउँ देखिनँ ।

सागको मुठो खेलाउँदै “यो काठमाडौंमा पानी कम छ । यतिखेर त आकाश पनि रोएको छैन । त्यो मेलम्ची भन्ने पनि कता हरायो, हरायो । एउटा दुःख लाग्दो कुरा सुन्नु हुन्छ ? यहाँ कति मानिस ग्राहक हुन सकेका छैनन् । परबाट सागको थुप्रोलाई नियाल्दै खान त मन छ नि तर किनेर लगेर के गर्नु ? घरमा पानी नै छैन । फेरि, सागजस्तो चिज राम्रोसँग नपखाली खाने कुरा पनि भएन । हो, प्रायः यसरी बोल्दै हिँड्छन्, यो बाटो काट्छन् । हुन पनि हप्तामा एक दुई पटक मात्रै धारामा पानी आए मेरो व्यापारै बढ्थ्यो । अस्ति एक दिन पानी माग्न बुढो जुलुसमा पनि जानु भयो तर खोई त ? छैन । लाग्छ, यो देशमा सरकारको कानै छैन ।”

कुमारीले कमाउन सकेको दिन घर बनाउने सोच पाल्नु भएको रहेछ । घर नबनाए पनि बस्न खाँचो छैन, जसले बनाएको भए पनि घर आखिर घरै हो उनको बुझाइमा असहमत जनाउने ठाउँ देखिनँ । यद्यपि गाउँमा भएको जमिनको माया लाग्दैन ? भनेर उधिन्न खोज्दा “लाग्छ नि, किन नलाग्नु ? उता जाने जाने भन्दै यतै बस्दै छौँ । अब त छोराछोरीको समेत घरबार भइसक्यो । आफैँ कमाउने, आफैँ खाने ।

छ हजार कोठा भाडा तिर्नु पर्छ । नाती र छोराबुहारी अर्कै ठाउँ बस्छन् । लाग्छ, यो परिवार भन्ने कुरा अनुहारमा क्रिम पाउडर घसे जस्तै हो । निधारमा लगाएको टीका खोलेर गाजल पुछेर मुख धुदा ओठको लाली पखालिए पछि अनुहारको रुप कस्तो देखिन्छ ? एक्लाएक्लै जन्मिएको मानव शरीर हुनाले रहदा बस्दा हाम्रो वास्तविकता पनि त्यही नै हो, कि होइन ? हुन त म नपढेको मान्छे, राम्रोसँग बोल्न पनि जान्दिनँ ।

बुढातर्फका परिवार छैनन् । बाउआमा र दिदीहरु सबै बितिसके । मेरा दाजुभाउजू छन्, उतै गाउँमा । अस्ति दशैं तिहारमा गएर आएँ ।

मलाई सुगर छ । बिरामी थाहा पाएर दबाई खान थालेको चार वर्ष भयो । आँखा धमिलो देख्छु, जचाउदा सुगरले हानेको भने डाक्टरले । यहाँ हामी जस्तो कम आम्दानीमा बाँच्नेलाई उपचार गर्न कठिन छ, एक पटक जचाउन जाँदा नै कति पैसाले पनि पुग्दैन । यस कारण स्वास्थ्य बिमा गर्नु प¥यो भनेर कागजात मिलाउन सुर कसेको नागरिकता झिकेको ठाउँ पुग्नु पर्ने रहेछ । यसो हुनाले गाउँ नगइ भएन । भक्तपुरको कोरियन हस्पिटलमा सबै खाले उपचार हुन्छ अरे तर आँखा जाचको लागि त्यहाँबाट रिफर ग¥यो भने तिलगङ्गामा देखाउन मिल्छ । सोचे जस्तो भयो भने राम्रोसँगले उपचार गर्न अब तीन महिना लाग्छ ।

बुढा कहिलेकाहीँ रक्सी खानु हुन्छ । पहिला पहिला म आफैँ बनाउथेँ तर खान्न । जातले पाएको भए पनि त्यो तरल मलाई खाउ नै लागेन । घरमा प्रायः कुखुराको मासु पाक्छ । पकाउने म आफैँले हो । बुढाभन्दा म नै पहिला कोठा पुग्छु । दैनिक हजारदेखि पन्ध्रसय सम्मको साग ल्याएको हुन्छु । भरसक बेलुकै बिकी सक्छ । कुनै कारण सकिएन भने बिहान पनि बेच्छु । मेरो तुलनामा बुढाले अलि बढी व्यापार गर्नुहुन्छ । फाइदा आउने भनेको मुठामा पाँच रुपैयाँको दरले हो । खान लगाउन जेजे गर्नुपरे पनि हाम्रो बाँच्ने आधार भनेको यही साग व्यापार हो । सिजनमा हरिया मकै पनि बेच्छु ।

कुमारीको छोरा यतिखेर नेपालमै भएपनि सात वर्ष साउदी बसेर आएका रहेछन् । उनको फेरि पनि उतै जाने योजना छ अरे । वैदेशिक रोजगारमा कमाएको पैसाले भक्तपुरमा जग्गा किनेको रहेछ । अब कमाएको पैसाले घर बनाउने सुखद कुरा थाहा पाएँ । अहिले बिहानभरि पठाउ सेवा चलाएर दिउसो अफिस जाँदा रहेछन्, उनी ।

पहिला बुढाको ठेलागाडा थियो, एक दिन नगरपालीकाले त्यो लग्यो । फिर्ता नपाइने रहेछ । यतिखेर साइकलमा राखेर गुडाउदै हिँड्नु हुन्छ । भगवान्को कृपा धन्न बुढालाई कुनै रोग छैन । त्यो झोल पनि नपिए हुने भन्छु तर मान्नु हुन्न । हुन त खाएर झगडा गर्ने चलन छैन ।”

कुमारीको छोरा यतिखेर नेपालमै भएपनि सात वर्ष साउदी बसेर आएका रहेछन् । उनको फेरि पनि उतै जाने योजना छ अरे । वैदेशिक रोजगारमा कमाएको पैसाले भक्तपुरमा जग्गा किनेको रहेछ । अब कमाएको पैसाले घर बनाउने सुखद कुरा थाहा पाएँ । अहिले बिहानभरि पठाउ सेवा चलाएर दिउसो अफिस जाँदा रहेछन्, उनी । पुस फासफुस भनेजस्तो घामको हिँडाइ त्यो क्षितिजको डाँडामा पुग्न के बेर, अघिदेखि सुरु गरेको कुराकानी बोल्दै जाँदा झन्डै बत्ती बाल्ने बेला भयो ।

कुराको बिट मार्नु अघि अरु त ठीकै हो, यहाँ बसेर साग बेच्दा सटरलाई तिर्नु पर्ने भाडा लागेन तर पानी परेको दिन कसरी खट्नु हुन्छ ? भनेर मैले सोधी नसक्दै कुमारीले भनिन्, “घाम छल्न छाता ओढ्छु, पानी परेको दिन त्यहाँ पसल छेउ पेटीमा शरण परेर भए पनि आफ्नो काम गर्छु । यति इष्टमित्र राख्न जानेको भएर नै हो कि यो घाम, त्यो पानी अनि झरीहुरीसँग त्यति धेरै अत्यास लाग्दैन ।”

यति सरल र सहज किसिमले कुमारीसँग वार्तालाप भयो, उनलाई पढ्दा वास्तवमा मेरो मन छोयो । उनको कुरा गराइमा कुनै आक्रोस थिएन । न थियो कुनै असन्तोष वा कोहीप्रति डाह । ईष्या, छटपटी न कुनै जलन । आखिर यो पनि त जीवन नै हो नि, होइन र ?

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *