डा. गणेश गुरूङको संयोजकत्वमा विज्ञ समिति गठन
- कार्तिक २५, २०८०
- 0
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा, रोजगारीको अवसर लगायतका विषयमा अध्ययन गर्न विज्ञ समिति गठन गरेको छ । श्रम विज्ञ डा।गणेश गुरूङको संयोजकत्वमा समिति गठन गरेको हो ।
उक्त टोलीले जलवायु परिवर्तन, सामाजिक सुरक्षा, रोजगारीका अवसर लगायतका विविध विषयमा छलफल एवं अध्ययन गरी संलग्न प्रारम्भिक मस्यौँदालाई अन्तिम रूप दिनेछ । उक्त समितिले दिएको सुझावको आधारमा श्रम मन्त्रालय अघि बढ्नेछ ।
समितिमा डा. केशव बस्याल, प्रतिमा शर्मा, जुना माथेमा, मञ्जु गुरूङ सदस्य छन् । श्रम मन्त्रालयको प्रशासन शाखाका उप–सचिवले सदस्य सचिवको जिम्मेवारी बहन गर्नेछन् ।
उक्त समितिमा आईएलओ, आईओएम, रिटर्नी नेटवर्क, वैदेशिक रोजगार व्यवसायी संघ लगायतका सरोकारवालालाई आमन्त्रित सदस्यको रूपमा राखिएको छ ।
0 प्रतिक्रिया
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु भएको छ । भारतीय मिडिया लाइभ मिन्टले मृत्यु भएको जानकारी दिएको हो । ९२ वर्षीय […]
युरो स्कुल सृजनानगरको ‘शिक्षक र अभिभावक’ भेटघाट कार्यक्रम (फोटो फिचर)
युरो स्कुल भक्तपुर सृजनानगरले शिक्षक र अभिभावक भेटघाट कार्यक्रम गरेको छ । स्कुलले आफ्नो बच्चा पढाउने शिक्षकसँग अभिभावकलाई भेटाएर उनीहरुको […]
विदेश जानेको स्वास्थ्य परीक्षण गर्ने सबै संस्थामा बायोमेट्रिक प्रणाली लागु गर्न माग
नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सबै स्वास्थ्य संस्थामा बायोमेट्रिक प्रणाली तत्काल लागु गर्न सरकार […]
नेप्से परिसूचक ४.१९ अंकले बढ्यो
सेयर बजारको मापक नेप्से परिसूचक आज(विहीबार)४.१९ अंकले वृद्धि भएको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द […]
गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा–८ स्थित कालिका टोलबाट बिहीबार एकजना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय […]