डा. गणेश गुरूङको संयोजकत्वमा विज्ञ समिति गठन

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा, रोजगारीको अवसर लगायतका विषयमा अध्ययन गर्न विज्ञ समिति गठन गरेको छ । श्रम विज्ञ डा।गणेश गुरूङको संयोजकत्वमा समिति गठन गरेको हो ।

उक्त टोलीले जलवायु परिवर्तन, सामाजिक सुरक्षा, रोजगारीका अवसर लगायतका विविध विषयमा छलफल एवं अध्ययन गरी संलग्न प्रारम्भिक मस्यौँदालाई अन्तिम रूप दिनेछ । उक्त समितिले दिएको सुझावको आधारमा श्रम मन्त्रालय अघि बढ्नेछ ।

समितिमा डा. केशव बस्याल, प्रतिमा शर्मा, जुना माथेमा, मञ्जु गुरूङ सदस्य छन् । श्रम मन्त्रालयको प्रशासन शाखाका उप–सचिवले सदस्य सचिवको जिम्मेवारी बहन गर्नेछन् ।

उक्त समितिमा आईएलओ, आईओएम, रिटर्नी नेटवर्क, वैदेशिक रोजगार व्यवसायी संघ लगायतका सरोकारवालालाई आमन्त्रित सदस्यको रूपमा राखिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *