नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३३ औं वार्षिकोत्सव

'क्रमिक मुद्यती खाता’को शुभारम्भ
news-details

नेपाल इन्भेष्टमेन्ट बैंकले ३३ औं वार्षिकोत्सवको अवसर पारेर ‘एनआईबीएल क्रमिक मुद्यती खाता’ शुभारम्भ गरेको छ ।

एनआईबीएलको कुनै पनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्यती खाता खोल्न सक्ने छ । हरेक महिना न्युनतम ३ सय ३३ जम्मा गरेर ३३ महिनाको अवधिका लागि उच्चतम ९.२५ प्रतिशत ब्याज पाउन सक्ने छ । थोरै थोरै नगद जम्मा गरेर पनि मुद्यती खाता खोली भविश्यका लागि आर्थिक जोहो गर्न सकिन्छ भन्ने विषयलाई महत्व दिइएको बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले बालबालिकाहरुमा वित्तिय साक्षरता विस्तार गर्ने उद्देश्यले ‘बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता’ नाममा चित्रकथा सार्बजनिक गरेको छ । विषेश गरी वालवालिकाहरुलाई सानै उमेरदेखि नै बैंकको महत्व तथा फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि बैंकले जानकारी मूलक बाल चित्रकथा प्रकाशनमा ल्याएको बताएको छ ।

३३औं वार्षिकोत्सवको अवसरमा एनआईबीएल भिसा कार्ड प्रयोगकर्ताका लागि पीओएस मेसिन प्रयोग गर्दा ३३ प्रतिशत क्यास व्याक अफर ३३ दिनका लागि प्रदान गरिने पनि बैंकले जनाएको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड पुगेको छ भने जगेडा तथा कोषको रकम ९ अर्ब ७७ करोड पुगेको छ ।

शेयरधनी कोष रकम २४ अर्ब ८७ करोड पु¥याई निजी क्षेत्रका बैंकहरुमध्ये उच्च स्थानमा रहेको छ । बैंकले २०७४/७५ मा ४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ भने खुदनाफा ३ अर्व ६५ करोड पुगेको छ । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर १ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी १ सय २० अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पी.ए.) अनुपात १.३६ प्रतिशत रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *