अवैध आप्रवासी कामदारलाई वैध बन्न यूएईले थप एक महिनाको समय दियो
- मंसिर १८, २०७५
- 0

युएई सरकारले आफ्नो मुलुकमा अबैधानिकरुपमा कार्यरत आप्रवासी कामदारहरुलाई वैध बन्न १ महिनाको समयावधि थप गरेको छ ।
यसअघि गत अगस्ट १ बाट लागू हुने गरी युएईले ३ महिनाको समय दिएर आममाफिको योजना सार्वजनिक गरेको थियो । यो अवधि सकिएपछि पुन : १ महिनाको समय थप गरिएकोमा त्यो समय पनि नोबेम्बर १७ मा समाप्त भएपछि दोश्रोपटक पुन : १ महिनाको समयावधी थपिएको हो ।
डिसेम्बर २ देखि लागू हुने गरी यूएईले एक महिनाको आममाफीको म्याद थप गरेको जानकारी आफ्ना देशमा रहेका कूटनीतिक नियोगमार्फत गराएको छ ।
गत अगष्टदेखि नोबेम्बर १७ सम्म चलेको आममाफी प्रक्रियाबाट १ हजार भन्दा बढि नेपाली घर फर्किएका युएईमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
आममाफीमा गैरकानुनी रुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य देशका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफ्नो देश फर्किने अवसर दिइने छ ।
भिजिट भिषामा आएर ओभर स्टे गरेका, घरेलु महिला कामदार, बिचमा काम खोजेर बस्नेहरु तथा राहदानी नभएर अवैधानिक भएका नेपाली आममाफी प्रकृयामा सहभागी भएका हुन् । स्वदेश फर्किने कामदारलाई दुतावासले सहजीकरण गरेको थियो । उनीहरुको सहजताका लागि दूतावासले युएईको विभिन्न स्थानबाट घुम्ती शिविरमार्फत सेवा दिएको थियो ।
0 प्रतिक्रिया
सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर

सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँ वर्षकै दिन साँझ गोली चल्यो । सोमवार साँझ चलेको गोली लागेर देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय […]
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

आन्दोलनरत नेपाल शिक्षक महासंघले आउँदै गरेको कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार एक विज्ञप्ति […]
तराईमा आज जुडशीतल पर्व मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक विदा

नयाँ वर्ष २०८२ को दास्रो दिन आज तराई मधेशमा जुडशीतल पर्व मनाइँदैछ । शुद्धता, शान्ति, प्रकृतिप्रेम र सामाजिक सद्भावको प्रतिक […]
माओवादीको ‘जनतासँग माओवादी’ जागरण अभियान पुनः सुरु

नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष पहिलो दिन सोमबारबाट पुनः […]
पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मूख्यतया […]