अवैध आप्रवासी कामदारलाई वैध बन्न यूएईले थप एक महिनाको समय दियो

news-details

युएई सरकारले आफ्नो मुलुकमा अबैधानिकरुपमा कार्यरत आप्रवासी कामदारहरुलाई वैध बन्न १ महिनाको समयावधि थप गरेको छ ।

यसअघि गत अगस्ट १ बाट लागू हुने गरी युएईले ३ महिनाको समय दिएर आममाफिको योजना सार्वजनिक गरेको थियो । यो अवधि सकिएपछि पुन : १ महिनाको समय थप गरिएकोमा त्यो समय पनि नोबेम्बर १७ मा समाप्त भएपछि दोश्रोपटक पुन : १ महिनाको समयावधी थपिएको हो ।

डिसेम्बर २ देखि लागू हुने गरी यूएईले एक महिनाको आममाफीको म्याद थप गरेको जानकारी आफ्ना देशमा रहेका कूटनीतिक नियोगमार्फत गराएको छ ।

गत अगष्टदेखि नोबेम्बर १७ सम्म चलेको आममाफी प्रक्रियाबाट १ हजार भन्दा बढि नेपाली घर फर्किएका युएईमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

आममाफीमा गैरकानुनी रुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य देशका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफ्नो देश फर्किने अवसर दिइने छ ।

भिजिट भिषामा आएर ओभर स्टे गरेका, घरेलु महिला कामदार, बिचमा काम खोजेर बस्नेहरु तथा राहदानी नभएर अवैधानिक भएका नेपाली आममाफी प्रकृयामा सहभागी भएका हुन् । स्वदेश फर्किने कामदारलाई दुतावासले सहजीकरण गरेको थियो । उनीहरुको सहजताका लागि दूतावासले युएईको विभिन्न स्थानबाट घुम्ती शिविरमार्फत सेवा दिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *