सेनाले माग्यो २२९ सहायक सेनानी (सूचनासहित)
- भदौ ३१, २०७९
- 0
नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ।
आज गोरखापत्रमा सूचना निकालेर सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्काले अधिकृत (सहायक सेनानी) मागेको हो।
खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने सेनाले जनाएको छ।
सेनाको वेबसाइटबाट फारम डाउनलोड गरी भर्ना केन्द्रमा १० रूपैयाँको टिकट टाँसेर आवेदन भर्न सकिने सेनाले बताएको छ।
काठमाडौंस्थित स्वयम्भू बारूदखाना परिसर, इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर, महोत्तरी, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र कैलालीबाट पनि आवेदन फारम गर्न सकिने निर्देशनालयले जानकारी दिएको छ।
आवेदन दिँदा एक हजार दस्तुर लाग्नेछ।
प्रमाणपत्र तह वा सो सरह पास गरेकाले अधिकृत क्याडेटका लागि आवेदन दिन सक्नेछन्।
उचाइ पुरूषका हकमा ५ मिट ३ इन्च र महिला ५ फिटको हुनुपर्नेछ।
हेर्नुहोस सूचना
0 प्रतिक्रिया
एमालेले बोलायो सचिवालय बैठक
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा […]
जनकपुरले एनपीएल जितेकोमा सखुवा प्रसौनी गाउँपालिकामा आज सार्वजनिक बिदा
पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनको उपाधि जितेकोमा गाउँपालिकाको […]
रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । आइतबार जिल्ला […]
चारवटा संसदीय समितिको बैठक बस्दै
संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दै छ । जसअनुसार,आज अर्थ, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास […]
देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्णः प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताएका छन् […]