नेपाली सेनामा ४ हजार जवानका लागि भर्ती खुल्यो (सूचनासहित)
- भदौ २४, २०७९
- 0

नेपाली सेनाले ४ हजार जवानका लागि भर्ती खुला गरेको छ । आज (शुक्रबार) सेनाको भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले विज्ञापन प्रकाशित गर्दै उल्लिखित पदका लागि आवेदन माग गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले रीतपूर्वक आवेदन दिन सक्नेछन् । माग गरिएका कुल दरबन्दीमा सैन्य परिवारका लागि २०० सिट छुट्याएर बाँकी खुल्ला र समावेशीताको आधारमा भर्ना गरिने जनाइएको छ । जसमा खुलातर्फ २ हजार ८८, महिलातर्फ ३३०, आदिवासी जनजातिमा ५५०, मधेसी ४८०, दलित २५२ र पिछडिएको क्षेत्रबाट ८० जनाको कोटा छ ।
इच्छुकले आउँदो असोज ३० गतेभित्र भर्नाका लागि आवेदन दिइसक्नुपर्नेछ । भर्नाका लागि योग्य हुन पुरुषको हकमा उचाइ ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च फुलाउँदा ३४ इन्च र तौल ५० किलोग्राम हुनुपर्नेछ भने महिलाको हकमा उचाइ ५ फिट तौल ४० किलोग्राम हुनुपर्नेछ ।