थप ३२५ मेगावाट बिजुली भारत निर्यात गर्न नेपालले पायो स्वीकृति
- चैत्र २३, २०७८
- 0
नेपालले भारतीय ऊर्जा बजारमा थप ३ सय २५ मेगावाट बिजुली निर्यातका लागि अनुमति पाएको छ ।
भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति दिएको हो ।
यसअघि गत कात्तिकमा नेपालले ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो । यसरी नेपालले अब कुल ३ सय ६४ मेगावाट बिजुली भारत निर्यात गर्न पाउनेछ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यातका लागि स्वीकृति पाएको जानकारी दिएको हो ।
नेपालले मर्स्याङ्दी (६७ मेगावाट), मध्य मर्स्याङ्दी (६८ मेगावाट), त्रिशुली (२२ मेगावाट), देवीघाट (१४ मेगावाट), कालीगण्डकी ए (१४० मेगावाट) र लिखु (५१ मेगावाट) बराबर बिजुली भारतीय बजारमा बेच्न स्वीकृति पाएको हो ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]










