भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्दै विद्युत प्राधिकरण

news-details

नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट  २० भारु (३८ रुपैयाँ)मा बिजुली किन्ने भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय बजारमा बिजुलीको भाउ निकै बढेकाले नेपालको मागलाई धान्न महंगोमा बिजुली किन्न लागिएको बताए।

बिहीबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले बिजुली ल्याउन नेपालले उच्चतम शुल्क प्रस्ताव गर्ने बताएका हुन्।

भारतको खुला बजारबाट नेपालले यसअघि औसतमा ८ रुपैयाँ प्रतियुनिटका दरले बिजुली किन्दै आएको थियो।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढेपछि भारतका पावर प्लान्टले भनेजति बिजुली उत्पादन गर्न सकिरहेका छैनन्।

त्यसपछि नेपालले खुला बजारबाट बिजुली किनिरहेको थियो। भारतको खुला बजारमा १५-१५ मिनेटमा बिजुलीको मूल्य निर्धारण हुन्छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया