इलाममा दुई हजार किलो छुर्पी बरामद
- चैत्र ९, २०७८
- 0

इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो ।
प्रदेश १–०१–००१ च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो ।
जिप चालक इलामको सूर्योदय नगरपालिका–२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
-रासस
0 प्रतिक्रिया
कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज […]
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिइने छैन् : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएका छन् । सोमबार जीपी कोइराला फाउन्डेसनले […]
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, सच्याउनुहोला : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका छन् । […]
सार्वजनिक सूचनामा नागरिकको पहुँच नभए लोकतन्त्र संस्थागत हुँदैन : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता […]
प्रिशा मृत्यु प्रकरण : भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन रूलिङ

भारतको उडिसास्थित केआईआईटी कलेजमा नेपाली छात्र प्रिशा साहको मृत्यु प्रकरणको सत्यतथ्य छानबिनका लागि भारतसँग संवाद अगाडि बढाउन सभामुख देवराज घिमिरेले […]