यूएईको फेडरल एक्स्चेन्ज र जिएमइ रेमिटबीच रेमिट्यान्स सम्झौता
- रोजगारमञ्च
- चैत्र १, २०७८
- 0
यूएईको ख्यातिप्राप्त मनि एक्सचेञ्ज फेडरल एक्स्चेन्ज र नेपालीको रेमिट्यान्स कम्पनी जिएमइ रेमिटबीच रेमिट्यान्स सम्झौता भई कारोवार शुरु भएको छ ।
सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र फेडरल एक्सचेन्जको तर्फबाट रजह आर आर लियानागेले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै युएइमा रहेका नेपालीहरुले फेडरल एक्सचेन्जका कुनै पनि ११ शाखाबाट जिएमइ रेमिट मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाउन सक्ने भएका छन् । यसरी पठाएको रेमिट्यान्स रकम नेपालमा रहेका जिएमइ रेमिट सँग आवद्ध २० हजार भन्दा बढी एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिने जनाइएको छ । साथै नेपालमा रहेका जुनसुकै बैंक तथा बित्तिय संस्थाहरुमा तुरुन्त रकम भुक्तानी लिन मिल्ने गरी ‘रियल टाइम डिपोजिट’ गर्न सकिने र यसका साथै आइएमई पे वालेटमा पनि सजिलै पैसा पठाउन र पाउन सकिने जनाइएको छ ।
विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको जिएमइ रेमिटले पछिल्लो समय आफ्नो सेवा विस्तार र ग्राहकको सहजताका लागि रेमिट्यान्स सम्झौतालाई तिब्रता दिदै आएको छ ।