धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालद्वारा पदभार ग्रहण
- फाल्गुन ८, २०७८
- 0

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । आइतवार हमालले पूँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताएका छन् । उनले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाए। अध्यक्ष हमालले शेयर बजारलाई स्वाच्छ र पारदर्शी रुपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्ने नियमकको भूमिका आफूले निर्वाह गर्ने बताए।
गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो। नियुक्तपछि हमालले शुक्रवार अर्थमन्त्री जनार्दन शर्मा समक्ष पद तथा गोपनियताको सपथ लिएका थिए।
0 प्रतिक्रिया
निबन्धकार तथा नियात्राकार नयाँघरेलाई ‘जीवन स्मृति पुरस्कार’

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेलाई यस बर्षको जीवन स्मृति पुरस्कार प्रदान गरिने भएको छ । जीवन स्मृति प्रतिष्ठान झापाले जीवन […]
भारत–पाकिस्तानबीच युद्धविराम गर्ने सहमति

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । […]
सुत्केरीको मृत्यु भएपछि बर्धमान अस्पताल घेराउ

सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा चकित्सकको लापरर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तजनले अस्पताल घेराउ गरेका छन् । मृत सुत्केरी महिलाको शव […]
राजाहरूले देश कंगाल बनाए : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिवार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्धन गोष्ठीलाई सम्बोधन गर्दै […]
विनियोजन र कार्यान्वयनबीचको खाडललाई पुर्ने कोशिसमा छु : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र कार्यान्वयनबीचमा भएको ठूलो खाडललाई पुर्न कसिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पूर्व बजेट छलफल […]