त्रिभुवन विमानस्थलमा छिर्न ‘प्रिन्टेड टिकट’ अनिवार्य
- फाल्गुन ३, २०७८
- 0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आन्तरिक उडान गर्ने यात्रुहरूले पिएनआर नम्बर मात्रै देखाएर छिर्न नपाउने भएका छन्।
विमानस्थल छिर्न मोबाइलमा डाउनलोड गरिएको टिकट अथवा प्रिन्ट गरिएको टिकट अनिवार्य गरिएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए।
यसअघि कतिपय यात्रुहरू पिएनआर नम्बर मात्रै लिएर पनि जाने गरेका थिए।
यो नम्बर मात्र लिएर जाँदा व्यक्तिको नाम, ठेगाना लगायत विवरण नखुल्ने हुँदा अप्ठ्यारो सिर्जना भएकाले यो व्यवस्था लागू गरिएको महाप्रबन्धक गुरागाईंको भनाइ छ।
उनका अनुसार मोबाइल तथा इलेक्ट्रिक डिभाइसमा टिकट डाउनलोड गरिएको भए देखाएर पनि प्रवेश पाइन्छ।
0 प्रतिक्रिया
अर्थमन्त्रीद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश (पूर्णपाठ)

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेका छन् । मन्त्री पौडेलले आज […]
नीति तथा कार्यक्रम पुरानै ढाँचाको मात्र आयो भन्नु गलत, नयाँ नीति धेरै समावेश छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने […]
सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो […]
कवि परियारलाई रमेश स्मृति सम्मान र अधिकारीलाई प्रोत्साहन पुरस्कार

रुपन्देहीको देवदहमा रमेश स्मृति सम्मान एवं रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। अनुराग साहित्य समाजको आयोजना, रमेश स्मृती कोषको संयोजन, […]
कोइला बोकेको ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुईनखोलामा ट्रक पल्टिँदा बाटो पूर्णरूपमा बन्द भएको छ। चितवन प्रहरीका अनुसार कोइला बोकेर वीरगञ्जबाट काठमाडौं जाँदै गरेको […]