महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच समझदारी
- माघ १३, २०७८
- 0
महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिट्यान्स सम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ ।
बैंकको प्रधान कार्यालय दरबारमार्गस्थित आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनकुमार अमात्यले हस्ताक्षर गरे ।
सम्झौतापश्चात ग्राहक महानुभावहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकमतथा नेपालभित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटाशाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।
अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट भाटभटेनीमनी ट्रान्सफरमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैकले हालसम्म २८ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई छिटो, छरितो, भरपर्दो र सर्वसुलभ तरिकाबाट रेमिटान्स सुविधा प्रदान गर्दै आइरहेको छ ।
सका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दति योजना संचालनमा ल्याएको छ । हाल यस योजनाअन्तर्गत ११.३५ प्रतिशत वाषिर्क व्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।