राष्ट्रिय वाणिज्य बैंकद्धारा ५७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई सहुलियत प्रदान
- माघ ३, २०७८
- 0

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि मोवाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ ।
बैंकले वार्षिकोत्सवको अवसरमा २०७८ माघ १ गते दखि चैतमसान्तसम्म लागू हुने गरी मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । साथै, डिम्याट रजिष्ट्रेशन शुल्कमा १०० प्रतिशत छुट गर्ने निर्णय बैंकले गरेको छ ।
आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी ५७ औँ वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
0 प्रतिक्रिया
सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले […]
मेलम्ची बाढी पीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको व्यवस्था

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढी पीडितहरुको राहत तथा नदीको तटवन्धको लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ । उर्जा […]
भूमिसम्बन्धी विधेयक संसदमा पेस

प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको छ । बुधबार बसेको बैठकमा भूमि व्यवस्था, […]
स्वार्थका लागि एनआरएनए जस्तो संस्थालाई विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एनआरएनए जस्तो संस्थालाई स्वार्थका लागि विभाजन गर्न नहुने बताएका छन् । एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा […]
आर्थिक अनुशासन कायम गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार बन्नु आवश्यक

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परिक्षकले आर्थिक वर्ष २०८०÷२०८१ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार […]