बैंक अफ काठमाण्डूले ल्यायो गैरआवासीय नेपालीलाई लक्षित निक्षेप खाता

news-details

बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुका लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै ‘बिओके एनआरएन निक्षेप खाता’ सार्वजनिक गरेको छ ।

विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहेका ग्राहकहरुलाई आफ्नो मातृभूमिमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिन बैंकले अनुरोध गरेको छ ।

गैरआवासीय नेपालीहरुले यस बैंकमा अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, क्यानेडियन डलर र जापानी येन मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन ।

यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीले अधिकतम् ५.५५ सम्मको वार्षिक ब्याजदर पाउनुका साथै विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपालीले आर्जन गर्नुभएको रकमको उच्चतम् प्रतिफलका साथै मातृभूमीमा सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *