मौसममा सुधार आएसँगै आन्तरिक उडान नियमित
- पुस १५, २०७८
- 0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज आन्तरिक उडान भइरहेको जनाएको छ ।
बिहीबार मौसममा क्रमिक सुधार भइरहेकाले काठमाडौंबाट हुने आन्तरिक उडान नियमित भइरहेको कार्यालयका कर्मचारीले जानकारी दिए ।
बुधबार प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुनुपर्ने १३० वटा दुईतर्फी उडान स्थगत भएको थियो ।
आन्तरिक उडान गर्दै आएका नौ वटा वायुसेवाले बुधबारका लागि २७२ वटा उडान गर्ने तालिका बुझाएका थिए । तर, प्रतिकूल मौसमका कारण वायुसेवाले बुधबार साँझ अबेरसम्म १४२ वटा मात्रै उडान गरे भने १३० वटा उडान रद्द गरेको थियो ।
0 प्रतिक्रिया
भूमिसम्बन्धी विधेयक संसदमा पेस

प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको छ । बुधबार बसेको बैठकमा भूमि व्यवस्था, […]
स्वार्थका लागि एनआरएनए जस्तो संस्थालाई विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एनआरएनए जस्तो संस्थालाई स्वार्थका लागि विभाजन गर्न नहुने बताएका छन् । एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा […]
आर्थिक अनुशासन कायम गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार बन्नु आवश्यक

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परिक्षकले आर्थिक वर्ष २०८०÷२०८१ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार […]
यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत बनाएको बिपी राजमार्गको रोशी खोला क्षेत्रमा वर्षाको समयमा पनि यातायात साधन नरोकिने […]
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको छ । सोमबार सार्वजनिक […]