विद्युत चुहावट नियन्त्रण गर्दै प्राधिकरण, चार महिनामा २.८३ प्रतिशत घट्यो

news-details

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावट १४.३५ प्रतिशतमा झारेको छ । नियमित रुपमा विद्युत आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत आर्थिक वर्षमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आर्थिक वर्षको चार महिनामा २.८३ प्रतिशत बिन्दुले घटाएर १४.३५ प्रतिशतमा सीमित गरेको हो ।

कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो । गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो । गत आवको चार महिनाको तुलनामा यस वर्ष वितरणतर्फको चुहावट २.७७ प्रतिशत विन्दुले कम हो ।

प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

आव २०७२/७३ मा २५.७८ प्रतिशत विद्युत चुहावटलाई घटाएर प्राधिकरणले आव २०७६/७७ मा १५.२५ प्रतिशतमा झारेको थियो । तर, आव २०७७/७८ मा चुहावट १.९१ प्रतिशत बिन्दुले बढेर १७.१८ प्रतिशत पुगेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *