पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ बृद्धि
- अशोज २, २०७५
- 0
काठमाडौं / सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको तुलनामा भारतीय मूल्य कमजोर भएपछि नेपाली बजारमा इन्धनको मूल्यमा वृद्धि भएको आयल निगमले जनाएको छ ।
सरकारले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा समान ३/३ रुपैयाँ बढाएको छ । पुरानो मूल्य अनुसार आयल निगमलाई पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजेलमा ५ रुपैयाँ १२ पैसा नोक्सान हुने उनको भनाइ छ ।
नयाँ मूल्य अनुसार एक लिटर पेट्रोलको मूल्य ११२ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टितेललाई ९८.९८ रुपैयाँ तिर्नुपर्ने भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १४ सय रुपैयाँ पुगेको छ ।