रेमिट टु नेपाल र अल मिर्काब एक्सचेन्ज कतारबीच विप्रेषण भुक्तानी सम्झौता

news-details

कतारको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनि अल मिर्काब एक्स्चेन्ज र रेमिट टु नेपाल प्रा लिबीच विप्रेषण भुक्तानी सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएर कारोबार सुरु भएको छ ।

उक्त सम्झौतामा रेमिट टु नेपालका तर्फबाट महाप्रवन्धक सन्तोष भेटुवाल र अल मिर्काब एक्सचेन्जको तर्फबाट अध्यक्ष शेख फराह अब्दुल्लाह यम जे अल थानीले हस्ताक्षर गर्नुभएको छ ।

यो सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले मिर्काब एक्सचेन्जका कुनै पनि शाखाबाट रेमिट टु नेपाल मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाउन सक्ने भएका छन् । यसरी पठाएको रेमिट्यान्स रकम नेपालमा रहेका रेमिट टु नेपालसँग आवद्ध ८ हजार भन्दा बढी एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिने छ भने कुनै पनि बैंक तथा वित्तिय संस्थामा रहेको खातामा विना अतिरिक्त शुल्क रकम तुरुन्तै जम्मा गर्न सकिने छ । ग्राहक सेवा सुबिधालाई मध्यनजर गर्दै रेमिट टु नेपालले खल्तीसँगको सहकार्यमा विप्रेषण गरेको रकम मोबाईलबाट भुक्तानि लिन सकिने साथै वालेटमा पनि नगद जम्मा गर्न सकिने व्यबस्था गरेको छ ।

विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको रेमिट टु नेपालले पछिल्लो समय आफ्नो सेवा विस्तार र ग्राहकको सहजताका लागि रेमिट्यान्स सम्झौतालाई तिब्रता दिदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *