हिमालयन बैंकद्धारा सिद्धि स्मृति प्रतिष्ठानलाई १२ हजार थान दर्ता किताब प्रदान
- कार्तिक २९, २०७८
- 0

हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर उपमहानगरपालिका, भिमसेनस्थान–७ स्थित सिद्धि स्मृति प्रतिष्ठानलाई १२ हजार थान बहिरङ्ग दर्ता किताब उपलब्ध गराएको छ ।
प्रतिष्ठानद्वारा सञ्चालित सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रमलाई बैंकले दर्ता किताब सहयोग गरेको हो ।
बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक विपिन हाडाले प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई एक समारोहबीच सहयोग सामग्री हस्तान्तरण गरे ।
२०५९ मा स्थापित उक्त अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । सो अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित मध्येमा पर्छ ।
स्वदेशी तथा विदेशी दाताको सहयोगबाट संचालित प्रतिष्ठानले वृद्धाश्रम पनि संचालन गरिरहेको छ ।
0 प्रतिक्रिया
तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने राप्रपाको निष्कर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ । शनिबार बसेको पार्टीको […]
काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिवानाको पत्र पठायोे

काठमाडौं महानगरपालिकाले चैत्र १५ गते पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ । […]
‘समाजवादी मोर्चाले आमसभा नगरेको भए तीनकुनेमा झनै ठूलो दुर्घटना हुन्थ्यो’ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाले शुक्रबार पचासौं हजार जनता सडकमा उतारेर ठूलो खतरा टारेको दाबी […]
तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग […]
अपराधिक गतिविधिहरुको अनुसन्धान हुन्छ, संलग्नहरु कारवाहीमा आउँछन् : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले शुक्रबारको अपराधिक चरित्रका गतिविधिहरुको अनुसन्धान गरेर कानुनी कारबाहीको दायरामा ल्याउने बताएका छन् । शनिबार आलोकनगरस्थित नेकपा एकीकृत […]