‘कोरोनायुद्ध जित्ने बलियो हतियार’–मेरो अनुभव

news-details

कोरोना संक्रमण भएपछि यसबाट सजिलै मुक्त हुन आत्मबल चाहिन्छ भनिन्छ । त्यो आत्मबल कसरी प्राप्त गर्ने र आफ्नो जीवनको रक्षा कसरी गर्ने अनुभवले सिकाएको छ मलाई ।

धेरै मान्छेले आफु संक्रमण नहुन्जेल कोरोनालाई सामान्य ठान्छ । तर जब ऊ आफैँ वा परिवारको सदस्य संक्रमित हुन्छ वा ज्यानै जान्छ अनि थाहा पाउँछ कोरोना कति भयानक हुनेरहेछ । एउटा नेपाली उखान छ ‘अनिकालमा बीऊ जोगाउनु, हुलमुलमा जीऊ जोगाउनु’ । नेपाली उखान अनुसार कोभिड महामारीलाई हुलमुल मान्ने हो भने सकेसम्म आफूलाई यसबाट बचाउन साबधानी अपनाउनु नै वुद्धीमानी हुन्छ ।

तर साबधानी अपनाउँदा अपनाउँदै पनि कामको बाध्यताले धेरैलाई संक्रमण हुन्छ । संक्रमण भएपछि धेरैलाई मरिने पो हो की भन्ने डर लाग्छ । अक्सिजन लेभल घट्न थालोस्, शरीरको दुखाइ बढ्न थालोस्, खाना नरुचोस्, भमिट होस् अनि झन निराशा बढ्छ मत मर्छु नै होला भन्ने । यस्तो धेरैलाई हुनसक्छ ।

चिकित्सकहरु भन्छन् यस्तो भयो भने साँच्चै मरिन्छ पनि । कुनै पनि बिरामी निको हुनुमा उसको आत्मबल नै हो । जसरी पनि बाँच्छु भन्ने सोच्यो भने बाँच्छ । मर्छु भनेर निराश हुँदै गयो भने बाँच्न कठिन हुन्छ ।

प्रसिद्ध न्युरो सर्जन बसन्त पन्तले विजयकुमारसँगको एक टिभी अन्तर्वार्तामा भन्नुभएको छ एकैखाले दुई बिरामी अस्पताल आउछन् दुबैलाई एकैखाले उपचार गरिन्छ एउटा मर्छ अर्को बाँच्छ । किनभने एउटासँग मैले बाँच्नैपर्छ भन्ने आत्मबल छ अर्कोसँग म त मर्छुहोला भन्ने कमजोर आत्मबलले उत्पन्न निराशा मात्र छ ।

लोकप्रिय मुटुरोज विशेषज्ञ भगवान कोइरालाको मत पनि उस्तै छ । रोगसँग लड्ने, जित्ने र हार्ने विरामीकै हातको कुरा हो चिकित्सक त माध्यम मात्र हुन् । चिकित्सकहरुका यस्ता अनुभव हाम्रो जीवन लम्ब्याउने शक्ति हुन् ।

अब आफ्नै कुरा गरौँ । जब म कोरोना संक्रमित भएँ । के सोचेँ । कति निराश भएँ कसरी आशावादी बनेँ ?

सुरुमा त कोरोना पोजेटिभ भएकै विश्वास गरिन । परिवारका तिनैजनालाई एकसाथ कोभिड लाग्नु पर्ने कारण नै थिएन । अझ शारदालाई त ज्वरो आएको थिएन । सुशानलाई दुई दिनमै ज्वरो निको भइओरी अनलाइन कक्षा लिन थालिसकेको थियो । उबाटै मलाई सरेको विश्वास बोकेर बसेकोले पिसिआर रिपोर्टप्रति नै शंका उत्पन्न भयो । र पुनः कन्फर्म गरेको थिएँ ।

विस्तारै कमजोर बनाउँदै लग्यो शारदा र मलाई नै । अवस्था सामान्य हुँदा त नकारात्मक सोच आएन । जबजब गारो पथ्र्याे अनि सोच्थेँ मर्छु होला । म मरेँ भने श्रीमती र बालक छोरोको के हालत होला ? अझ हामी दुबैजना रहेनौ भने ? घर बनाएको लाखौँ रुपैया ऋण बाँकी नै छ । यस्तो सोचेर पीर लाग्यो । जबरजस्ति ध्यान गर्थे । पलेटी कसेर ध्यान गर्न कठिन भयो । शवासनमा सुतेर ध्यान गर्दा आफ्नै अनुहार मरेको मान्छेको जस्तो कल्पना आउँथ्यो । मेरा केही साथीहरु केही वर्ष अघि नै विभिन्न कारणले अल्पायुमै मरेका थिए । सायद अब पालो मेरो होला भन्ने सोचाई आयो ।

अनि आँखा खोलेर तुरुन्त उठेँ ।

मैले डाक्टर जोसेफ मर्फीको अवचेतन मनको शक्ति पढेको थिएँ, नेपोलियन हिलको थिङक एण्ड ग्रो रिच पढेको थिएँ, खप्तड बाबाको बिचार विज्ञान पढेको थिएँ । ती सबैको आसय थियो तिमी जे सोच्छौ त्यही हुन्छ । मेरो अवस्थासँग ती पुस्तकको आशय मिलाएँ । मर्छु भनेर रातदिन सोचेँ भने मर्छु । म बाँच्नै पर्छ, मर्नुपर्ने गरी केही भएकै छैन भनेर सोचेँ भने अवस्य बाँच्छु ।

सकीनसकी बिहान डा.नम्रता पाण्डे र डा. प्रदयुम्नराज पाण्डेसँग अनलाईन सम्यक ध्यान गरेँ । लोकप्रिय प्रशिक्षक प्रितम पौडेलसँग पोजेटिभ भाइब्रेसन कक्षा लिइरहेँ । यसले मलाई मनैदेखि बलियो बन्न सहयोग गर्यो ।

खानपानले जस्तै आफ्नो जीवनको उद्देश्यले पनि मानिसको शारिरीक र मानसिक उर्जा बढाउँछ भनेका छन् एन्थोनी रबिनले । मैले सोचेँ मसँग भविष्यका केही उद्देश्य र त्यसलाई पुरा गर्ने योजना छन् । मेरो परिवार र मेरो सानो छोरोप्रतिको कर्तव्य र मैले लेखेर राखेको भविष्यको लक्ष्य म बाहेक कसैले पुरा गर्ने छैन । त्यसका लागि त म बाँचेकै हुनुपर्छ । म ईश्वरको एक सन्तान हुँ । त्यसैले म उनको चाहना हुँ । तसर्थ मेरो भविष्यको योजना पनि उनकै चाहना हो । मद्वारा उनको यो चाहना पुरा गर्न पनि उनले मलाई पृथ्वीमै छाडिदिनेछन् । यो सोच्दा मुसुक्क भएँ म ।

बारम्बार यस्तै सोच दोहो¥याइरहेँ । अझ बलियो तर्क के थियो भने जोजो संक्रमित भए सबै त मरेका छैनन् । विश्वमा १ देखि ३ प्रतिशत मानिसको मृत्यु भएको छ देश अनुसार । भेन्टिलेटरमा पुगेर पनि फर्किएका छन् मान्छे । म त घरैमा छु । त्यसैले म ९९ प्रतिशतमा पर्छु १ प्रतिशतमा होइन । यसरी सोच्न थालेँ ।

हरेक रात निदाउँदै गर्दा सोच्थेँ भोलि म पुरै निको भएको हुन्छु ।

शारिरीक कमजोरी र थकान अनि टाउको र शरीरको दुखाइ भए पनि अति चाहिँ थिएन । खान नरुच्ने, भमिट हुने केही भएन । आफूले आत्मबल बनाईराखेका कारण त्यसो नभएको हो भन्ने सोचिरहेँ । अक्सिजन लेभल नघट्नुमा योग प्राणायमको शक्ति हो भन्ने सोचेँ । यस्ता आफ्नै सोचहरुले झन आशावादी बनायो ।

यतिधेरै सकारात्मक कुरा मनमा भए पनि केही दिनसम्म नकारात्मक कुराहरु पनि आइरहे । मृत्युको भय आइरह्यो । त्यसपछि विस्तारै नकारात्मक सोच हराउँदै गयो । पुरै हरायो ।

धेरैवर्ष पहिलेदेखि हामी परिवारै दैनिक नाचगान, शारिरीक अभ्यास र नियमित ध्यान र प्राणायाम गरिरहेका छौँ । प्राणायाम भनेको श्वाससँग सम्बन्धित छ । अझ भस्त्रिका प्राणायाम फोक्सोको सुरक्षाका लागि रामबाण हो भनिन्छ । बिज प्राणायाम प्रत्यक्ष अक्सिजन बढाउन मद्दत गर्छ । हातको औँलामा अक्सिमिटर लगाएर लामोलामो सास लिने र छोड्ने गर्दा अक्सिजनको लेभल बढ्न थाल्छ । जोकोहीले पनि परीक्षण गर्न सकिन्छ यसरी ।

पाँच वर्ष अघि देखिनै रुघाखोकी वा सामान्य ज्वरो आएमा ज्वानो पानी पकाएर बाफ लिने र ज्वानो, बेसार, अदुवा, तुलसी पानी पकाएर खाने गथ्यौँ । त्यो निरन्तर थियो । गेडागुडी, झोल कुरा, जे पनि तातो, क्षमताले भ्याएसम्म शरीरलाई शक्ति प्रदान गर्ने खानेकुराहरु नै उपलब्ध भए । कोदोको पीठोको झोल सबैभन्दा गतिलो खाना बन्यो ।

औषधिकारुपमा भिटामिन बी,सी र डी, लगायत ज्वरोको, जिऊ, घाँटी, छाति दुखाइको औषधि एक हप्तासम्म खायौँ । ज्वानो पानी पकाएर दिनमा दुईपटक नियमित बाफ लियौँ ।

भेज बनिसकेका थियौँ दुवैजना । माछा मासु खाउँजस्तो भन्ने लागेको होइन । बिकल्पबिहिन बनाएर पकाएर दिएपछि नखाइ धर पाइएन । त्यसरी जबरजस्ति खुवाउनुमा जीव रक्षाको पवित्र सोच थियो । त्यसैले स्वीकार ग¥यौ ।

खाँदा पनि त्यति मजा र स्वादिलो लागेन तर मित्र लिला मोक्तान र भतिज सन्तोष ढकालको परिश्रमको कदर गरियो । जसरी शिवजीलाई उनका भक्त एक ऋषिले प्रेमपूर्वक मांस भोजन गराएका थिए र उनले खाएका थिए ।

साकाहारीको यात्रा टुटेकोमा सुशानको मुहारमा उमङ्ग देखिन्थ्यो । घरिघरि जिस्क्याइरह्यो ।

सकारात्मक सोचको अभ्यास, खानपान र औषधिले मेरो आत्मबल र स्वास्थ्य दुबै बलियो बनायो । त्यसैले हामी दुबैजना चिकित्सकको सल्लाह अनुसार १२ दिनमै सक्रिय सामाजिक जीवनमा फर्कियौँ । तर शारीरिक कमजोरी, थकानले पूर्णरुपमा छोड्न मानेको छैन किस्तावन्दीमा जाँदैछ विस्तारै ।

दैनिक ध्यान र प्राणायाम गरिरहेका छौँ । चिसो खाँदै नखानु रे खानपिनमा ख्याल गरिरहेको छौँ । नियमित जीवनचक्र शुरू भएको छ फेरि ।

तपाईलाई पनि अनुरोध गर्दछु मर्छु होला भनेर सोचिरहने होइन बाँच्छु, बाँचेर मैले धेरै काम गर्नुछ भनेर सोच्ने र बाँचेर गर्ने कामहरु बारम्बार मनमा ल्याइरहने । तपाई जे सोच्नुहुन्छ त्यही हुन्छ बिचार विज्ञानले भन्छ । योग, ध्यान र प्राणायाम कुनै धर्म होईन जीवन विज्ञान हो । सबै धर्म र जातिको मानिसलाई उस्तै प्रभाव पार्छ, रोगप्रतिरोधात्मक क्षमता बढाउँछ अनुसरण गरौँ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *