यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामलाई, जगदम्बाश्री भैरवबहादुर थापालाई
- अशोज ७, २०७८
- 0

मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् ‘१७१९-२०२०’ पुस्तकका लागि भगिराज इङ्नामलाई दिने निर्णय गरेको छ ।
मदन पुरस्कार गुठीको बैठकले इङ्नामलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
यस्तै, जगदम्बा श्री पुरस्कार सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानमार्फत नृत्यक्षेत्रका उन्नयनमा समर्पित भैरवबहादुर थापालाई दिने निर्णय गरेको छ ।
मदन पुरस्कार गुठीमा २०७७ सालमा प्राप्त २२२ पुस्तकमध्येबाट गुठीले ९ वटाको मदन पुरस्कार श्रेष्ठ सूची सार्वजनिक गरेको थियो । जसमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र इङ्गनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह रहेका थिए ।
0 प्रतिक्रिया
बार निर्वाचनको मतगणना आजदेखि सुरु हुँदै

शनिबार सम्पन्न नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना आज सुरु हुँदैछ । आज बिहान १० बजे बैठक बसेर दिउँसो १२ बजेदेखि […]
राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय […]
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा […]
प्रतिनिधिसभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

प्रतिनिधि सभा अन्तरगत आज तीन समितिको बैठक बस्ने भएको छ । सोमबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति, महिला तथा सामाजिक […]
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशका पहाडी […]