उद्योग वाणिज्य महासंघद्धारा हिमालय सीमापार वाणिज्य संघको नयाँ कार्यसमितिलाई स्वागत तथा बधाई
- अशोज ५, २०७८
- 0
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल हिमालय सीमापार वाणिज्य संघका नयाँ कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठलगायत अन्य पदाधिकारीलाई खादा ओढाई बधाई ज्ञापन गरेको हो । महासंघले मंगलबार आयोजना गरेको उक्त कार्यक्रममा नेपाल हिमालय सीमापार वाणिज्य संघका नयाँ कार्यसमिति लगायत फ्लोरिकल्चर एशोशिएसन नेपाल, एल.पि. ग्यास संघलाई समेत स्वागत तथा बधाई दिएको छ ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै साना तथा मझौला उद्योगीहरुको समस्याहरुलाई समाधान गर्न पहल गर्ने र नाकामा भएका समस्याहरुलाई समाधान गर्न सँधै तयार भएको बताउनुभयो ।
त्यस्तै नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले नाकामा भएका समस्याहरुलाई समाधान गर्नका लागि महासंघलाई पहल गर्न अनुरोध गर्नुभयो ।
महासंघमा नेपाल हिमालय सीमापार वाणिज्य संघ सदस्य रहेको छ । चाइनासँग व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरुको साझा संस्थाका रुपमा नेपाल हिमालय सीमापार वाणिज्य संघ क्रियाशिल रहेको छ ।