आजबाट सरकारी खर्च रोकियो, इतिहासमै पहिलो पटक ‘बजेट होलिडे’
- भदौ ३१, २०७८
- 0

प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा मध्यरातदेखि सरकारी खर्च रोकिएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ प्रस्ताव पारित भए पनि संशोधित बजेट पास गर्ने काम भने अल्झिएको छ ।
संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार मध्यरातमा समयावधि सकियो । संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । जसका कारण चालू आवका लागि विनियोजित बजेट निष्क्रिय भएको हो ।
मुलुकको इतिहासमै पहिलोपटक ‘बजेट होलिडे’ भएको छ । यसअघिसम्म नेपालमा यस्तो बजेट होलिडे कहिल्यै भएको थिएन । सरकारले राजस्व भने उठाउन पाउने छ ।
सरकारलाई एकदमै समस्या परे सरकारी कार्यालयहरूले सापटी र धरौटीमार्फत आकस्मिक खर्च गर्न सक्छन् । अब सरकारलाई कोभिड–१९ महामारी उपचारमा भइरहेका प्रयासमा केही दिन खर्च गर्ने काममा बाधा पर्न सक्नेछ ।
प्रतिनिधिसभा विघटन भएकैबेला तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश विद्येयकमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट ल्याएका थिए ।
गत २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पुनः वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २५ भदौमा १६ खर्ब ३२ अर्बको संशोधित नयाँ बजेट ल्याएका हुन् ।
0 प्रतिक्रिया
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आन्दोलनर शिक्षक तथा कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । […]
पूर्खाको मेहनत र परिश्रमको चिनो हो सम्पदा, संरक्षण गरौं : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान […]
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । देशभरका सबै विद्यालय […]
काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यकामा एकसातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ । आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका […]
रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप, मानव बस्ती जोखिममा

गर्मीको सुरुवातसँगै रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप देखिन थालेको छ । पश्चिमा तातो हावासँगै फैलदो डढेलोले जंगली बोटविरुवा मात्र नभई […]