पेट्रोलियम पदार्थ तस्करीको नयाँ शैली
- भदौ २२, २०७८
- 0

झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थको लागिरहेको अवस्थामा एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो बिहान नेपाल प्रवेश गरेको डब्लुबी ७४ डी २४४१ नंको खाली मिनीट्रक डिजेल हालेर पुनः भारत जान लागेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले मेची पुल नजिकैबाट उक्त ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल प्रवेश गरेको भारतीय ट्रक सामान नै लोड नगरी ट्रकमा जडान गरिएको अतिरिक्त पेट्रोलियम पदार्थको ट्याङ्कीमा मेचीनगर–६ स्थित पूर्वाञ्चल पेट्रोलपम्पबाट ५५० लिटर डिजेल हालेर फर्किएको थियो ।
सो सूचना पाएपछि प्रहरीले ट्रक, ट्रकचालक भारत पश्चिम बङ्गाल नक्सलबारीका ३० वर्षीय विकास दास र सहचालक सोही स्थानमा ३४ वर्षीय सुजल साहलाई नियन्त्रणमा लिएको छ भने रू सात लाख मूल्याङ्कन तोकेर सोमबार नै मेची भन्सार कार्यालय बुझाइएको छ ।
भारतको पश्चिम बङ्गालभन्दा झापामा प्रतिलिटर डिजेलको मूल्य ३५ रुपैयाँ ३१ पैसा सस्तो छ । भारतको पश्चिम बङ्गालमा डिजेल प्रतिलिटर भारु ९१ रुपैयाँ ७१ पैसा (नेपाली १४६ रुपैयाँ ७३ पैसा) पर्छ भने झापामा डिजेल प्रतिलिटर १११ रुपैयाँ ५० पैसामा पाइन्छ ।
यो घटना सार्वजनिक भएसँगै झापामा पेट्रोलियम पदार्थ तस्करीको नयाँ शैली देखिएको छ । घटना सार्वजनिक भएसँगै यस्ता सवारी साधानमाथि निगरानी बढाउने प्रहरी अधिकारी बताउँछन् ।
-रासस
0 प्रतिक्रिया
प्रधानमन्त्रीद्धारा शिक्षकका मागबारे मन्त्री र सचिवहरुसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री […]
राप्रपाले भन्यो : ‘मंगलबार हुने प्रदर्शन शान्तिपूर्ण हुन्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार बल्खु क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ । सोमबार पार्टीका कार्यलय धुम्बाराहीमा बसेको […]
हर्क साम्पाङलाई प्रधानमन्त्रीले भने- ‘धरानबासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो’

प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको […]
बढ्दो वायु प्रदूषण बारे विज्ञहरुको चिन्ता : विगतका कार्ययोजना कार्यान्वयनमा जोड

वातावरणविद् एवम सरोकारवालाहरुले नेपालमा बढिरहेको वायु प्रदूषणलाई सामान्य रुपमा लिन नहुने बताएका छन् । सोमबार नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले […]
वैदेशिक रोजगार व्यवसायी संघको प्रशासनिक भवनको औपचारिक रुपमा उद्घाटन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खरिद गरेको प्रशासनिक भवनको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । श्रम रोजगार तथा सामाजिक […]