सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल मुल्ला एक्सचेन्जबीच रेमिट्यान्स कारोबार सुरु
- भदौ १०, २०७८
- 0
कुवेतको ख्यातिप्राप्त अल मुल्ला एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । अल मुल्ला एक्सचेन्ज कुवेतको पहिलो मोबाईल एप्लिकेशन शुरु गर्ने रेमिट्यान्स कम्पनी हो जसको १०२ स्थानहरुमा आफ्ना शाखाहरु उपलब्ध छन् ।
यो सेवा सुरु भएसँगै कुवेतमा रहेका नेपालीहरुले अल मुल्ला एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सक्नुका साथै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाईल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जानकारी दिएको छ ।
सिटी एक्सप्रेसले रेमिटन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।