विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आजै पदवहाली गर्ने
- साउन २७, २०७८
- 0
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आजै पदवहाली गर्ने भएका छन ।
मन्त्रीपरिषद बैठकबाट कार्यकारी निर्देशकमा पुन : नियुक्त भएका घिसिङले प्रधानमन्त्री कार्यालयबाट नियुक्तिको पत्र आएपछि आजै पदवहाली गर्ने बताइएको छ ।
यस अघि सो पदमा हितेन्द्रदेव शाक्य कार्यरत थिए । उनलाई सरकारले जल तथा ऊर्जा आयोगमा पठाई कुलमानलाई सो पदमा नियुक्त गरेको हो ।
२०७७ साल भदौमा ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । अघिल्लो ४ बर्षे कार्यकालमा देशलाई लोडसेडिङमुक्त र प्राधिकरणलाई नाफामा लगेपछि घिसिङ चर्चामा आएका थिए ।
0 प्रतिक्रिया
बयानका लागि रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइयो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइएको छ । सहकारीको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरमार्फत […]
गृह मन्त्रालयद्धारा गुनासो सुनुवाई कक्ष स्थापना
गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाई […]
शुक्रबारसम्ममा किसानले पाउने उखुको समर्थन मूल्य सार्वजनिक हुने
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भोलि९शुक्रबार०सम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुने जानकारी दिएका छन् । बिहीबार सिंहदरबारमा […]
रवि लामिछानेलाई आज साँझ काठमाडौं ल्याइँदै
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । उनलाई […]
डिजिटल भुक्तानीमा नेपालको फड्को : क्यूआर कोडप्रति बढ्दो आकर्षण
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक भुक्तानी प्रणाली सूचकांक प्रतिवेदनले नेपालमा डिजिटल भुक्तानीको प्रयोग उल्लेखनीय रूपमा बढेको देखाएको छ । प्रतिवेदनका अनुसार […]