एक अर्ब २६ करोड लगानी गर्दै राष्ट्र बैङ्क
- साउन २५, २०७८
- 0
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपका रूपमा एक अर्ब २६ करोड बराबरको रकम लगानी गर्ने भएको छ ।
राष्ट्र बैङ्कका कर्मचारी सुरक्षण कोषरउपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागिएको हो । तोकिएको सर्त पूरा गरेका बैङ्क तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गर्दै राष्ट्र बैङ्कले आइतबार सूचनामार्फत सिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गरेको छ । राष्ट्र बैङ्कले २०७८ भदौ १ देखि २०७९ भदौ १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न चाहेको हो ।
मुद्दती निक्षेपका लागि ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई छ करोड ३० लाख रुपियाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैङ्कमा १८ करोड ९० लाख र ‘क’ वर्गका वाणिज्य बैङ्कमा एक अर्ब ८० लाख रुपियाँ लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरिएको सूचनामा उल्लेख छ ।
बैङ्क तथा वित्तीय संस्थाहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई साउन २६ गते ५ बजेभित्र पेस गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]










