सार्वजनिक संस्थानलाई नाफामा लैजान गृहकार्य, नीतिगत तयारी गर्न अर्थमन्त्रीको निर्देशन

news-details

अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानहरूलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिनुभएको छ ।

बुधबार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको जानकारी लिने क्रममा उहाँले घाटामा सञ्चालित सार्वजनिक संस्थानहरूलाई उकास्ने नीति र कार्यक्रम तय गर्न निर्देशन दिनुभएको हो ।

“के कस्तो नीति बनाउँदा सार्वजनिक संस्थानहरूलाई नाफामा लान सकिन्छ रु के के समस्या समाधान गर्नुपर्ने हो रु तत्काल त्यसको विस्तृत सूची तयार गर्नुुस्,” मन्त्री शर्माले सम्बद्ध कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

अर्थमन्त्रीको निजी सचिवालयका अनुसार कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले धेरैजसो सार्वजनिक संस्थानहरूको स्थिति राम्रो नभएको भन्दै सुधार गर्नैपर्ने अवस्था रहेको बताउनुभयो । नेपाल सरकारको छ सय अर्ब लगानी रहेको सार्वजनिक संस्थानहरूले ३० हजार रोजगारी पनि सिर्जना गर्न नसकेको र नाफा आर्जन गर्नुको सट्टा उल्टै सरकारलाई दायित्व थपेको स्पष्ट गर्नुभयो ।

नाफामा लैजाने उद्देश्यसाथ निजीकरण गरिएका कतिपय संस्थानसमेत नोक्सानीमा रहेको भन्दै उहाँले सुधारका लागि नीतिगत परिवर्तनको आवश्यकता औँल्याउनुभयो ।

संस्थान समन्वय महाशाखा प्रमुख एवं सहसचिव दीर्घ मैनालीले सार्वजनिक संस्थानहरूको विद्यमान अवस्थाबारे प्रस्तुति गर्दै नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमटेड, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र कृषि विकास बैङ्क लिमिटेडलगायतका संस्थान नाफामा रहेको जानकारी दिनुभयो ।

सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थान ४४ वटा रहेका छन् । औद्योगिक क्षेत्रका १०, जनोपयोगी पाँच, व्यापारिक पाँच, वित्तीय नौ, सामाजिक पाँच र सेवा क्षेत्रका १० वटा संस्थान रहेका छन् । यसमध्ये नाफामा सञ्चालित संस्थान २४ वटा रहेका छन् भने घाटामा सञ्चालित १८ वटा रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *