‘रेमिट टु नेपाल’ र युएईको ‘फेडरल एक्सचेन्ज’बीच रेमिट्यान्स कारोबार सुरु
- जेष्ठ ३, २०७८
- 0
युएईको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी फेडरल एक्सचेन्ज र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता भएर कारोबार सुरु भएको छ ।
उक्त सम्झौतामा रेमिट टु नेपालका तर्फबाट महाप्रवन्धक सन्तोष भेटुवाल र फेडरल एक्सचेन्जको तर्फबाट महाप्रवन्धक राझ आर आर लियान्जे (Rajah R R Liyange) ले हस्ताक्षर गरेका छन ।
यो सम्झौतासँगै युएईमा रहेका नेपालीहरुले फेडरल एक्सचेन्जका कुनै पनि शाखाबाट रेमिट टु नेपालमार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाउन सक्ने भएका छन । यसरी पठाएको रेमिट्यान्स रकम नेपालमा रहेका रेमिट टु नेपालसँग आवद्ध ७ हजार भन्दा बढी एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिने छ भने कुनै पनि बैंक तथा वित्तिय संस्थामा रहेको खातामा विना अतिरिक्त शुल्क तुरुन्तै जम्मा गर्न सकिने तथा खल्ति वालेटमा पनि जम्मा गर्न सकिनुका साथै रेमिट टु नेपाल मार्फत आएको भुक्तानी घरमा नै बसी खल्ती वालेट मार्फत प्राप्त पनि गर्न सक्ने छन ।
विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको रेमिट टु नेपालले पछिल्लो समय आफ्नो सेवा विस्तार र ग्राहकको सहजताका लागि रेमिट्यान्स सम्झौतालाई तिब्रता दिदै आएको छ ।
विस्तृत जानकारीका लागि फेडरल एक्सचेन्जका नेपाल प्रतिनिधी सुक भुवन (९७१–५४९९४५८०४) र नेपाल सम्पर्कका लागि रेमिट टु नेपालको कार्यालय (९७७–१–५२६१४९३/५९८, ९८६१३५५५५५) मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।