आज अन्तराष्ट्रिय श्रमिक दिवस, औपचारिक कार्यक्रमबिना सम्झना गरिँदै
- बैशाख १८, २०७८
- 0

आज मे १ तारिख अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिएको छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको हो । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै मे दिवस मनाइन थालिएको हो ।
तर यसवर्ष कोरोना संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु औपचारिकतामा मात्रै सिमित गरिएका छन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलको आयोजना गरेका छन् ।
सन् १८८६ मा अमेरिकाको एक राज्यमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो ।
0 प्रतिक्रिया
केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा पाइलटसहित सबै […]
सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक

सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको […]
सातवटै प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले हरेकवर्ष असार […]
आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै, नेपालले सोमबार खेल्ने

आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदैछ। स्कटल्यान्डमा हुने शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दै […]
आजदेखि बंगलादेशमा व्यवसायीक रुपमा विद्युत निर्यात सुरु

आज देखि बंगलादेशमा व्यवसायीक रुपमा विद्युत निर्यात सुरु भएको छ । सरकारले नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत […]